क्रिकेट टोलीका सदस्यलाई जनहि १९ लाख ५० हजार नगद पुरस्कार
  • काँचुली खबर

३० असोज, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली क्रिकेट टोलीको ऐतिहासिक उपलब्धिको उच्च प्रशंसा गर्दै भव्य स्वागत र पुरस्कारको दिने तयारी गरेको छ ।

राष्ट्रिय क्रिकेट टोलीले बुधबार इतिहास रच्दै तेस्रो पटक विश्वकपमा स्थान सुरक्षित गरेको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

राखेपका सदस्यसचिव टंकलाल घिसिङले नेपाली क्रिकेट टोलीले देशको गौरव बढाएको बताए । ‘यो सफलता केवल क्रिकेट खेलाडीहरूको नभएर सम्पूर्ण नेपालीको हो’ उनले भने, ‘हामीले लामो समयदेखि देखेको सपना आज साकार भएको छ।’

सदस्यसचिव घिसिङले नेपाली क्रिकेट टोलीको विश्वकप यात्रालाई सहज बनाउन सरकारले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले खेलाडीहरूलाई हौसला प्रदान गर्न र उनीहरूको मनोबल उच्च राख्नका लागि विभिन्न प्रोत्साहन कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए ।

राखेपले विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । सदस्यसचिव घिसिङका अनुसार विश्वकप छनोटको उपाधि जित्ने टोलीका प्रत्येक सदस्यलाई १९ लाख ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

‘यो पुरस्कार खेलाडीहरूको मिहिनेत र लगनशीलताको कदर हो’ उनले भने, ‘हामी विश्वास गर्छौं कि यसले उनीहरुलाई आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्न प्रेरित गर्नेछ ।’

सदस्यसचिव घिसिङले नेपाली क्रिकेट टोलीको स्वागतका लागि भव्य तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘हामीले खेलाडीहरूलाई नायकको रूपमा स्वागत गर्नेछौं र उनीहरूको सम्मानमा विशेष कार्यक्रम आयोजना गर्नेछौँ ।’

  • ३० आश्विन २०८२, बिहीबार १७:३६ प्रकाशित
  • Nabintech