१३ बैशाख २०८१, बिहीबार
कानून मन्त्रीद्वारा आफु मातहतका कार्यालयहरुको निरीक्षण
  • काँचुली खबर

५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद के.सी. (सोनाम) ले बाँके जिल्ला स्थित मातहतका कार्यालयहरुको निरीक्षण तथा अनुगमन गरेका छन ।
अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय बाँके अन्तर्गतको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रमा पुगी उनले जिल्लामा दैविक उद्दारमा भए गरेका कार्यहरुको जानकारी लिएका छन । बाढी प्रभावित बाँकेका राप्तीपारी क्षेत्रका जनताहरुले आपतकालिन अवस्थामा सुन्ने गरि ठूलो साइरन राख्न सोनामले निर्देशन दिएका छन । उनले त्यसकालागि प्रदेश सरकारले बजेट समेत ब्यबस्थापन गरेको बताए ।
उक्त अबसरमा प्रदेश सरकारको तर्फबाट दैबिक प्रकोप उद्दार कार्यका लागि आबश्यक पर्ने सामाग्रीहरु गल १० थान, पिक गैटी १५ थान, साबेल २० थान, लाईफ ज्याकेट २० थान, स्ट्रेचर १० थान, पानी बुट १९ थान, बाल्टी २० थान, डोरी ५ सय मीटर, ग्लोब्स २५ थान, फोल्डिङ्ग भर्याङ्ग १ थान, ट्युब ३ थान, मास्क ५० थान, हेड्लाईट १५ थान, फरुवा १५ थान, रेनकोट १० थान, सानो आरी १० थान, बन्चरो १० थान, टेन्ट ७ सेट र सानो टेन्ट ९ सेट जिल्ला प्रशासन कार्यालय बाकेका प्रमुख जिला अधिकारी मदन भुजेललाई हस्तान्तरण गरेका थिए ।


सामाग्रीहरु बुझ्दै प्रजिअ भुजेलले प्रदेश सरकारले उपलब्ध गराएका सामानहरु आबश्यकता अनुसार जिल्लाका विभिन्न स्थानहरुमा बितरण गरीने बताउँदै प्रदेश सरकारलाई धन्यवाद सहित आभार व्यक्त गरेका थिए ।
अनुगमनकै क्रममा मन्त्री केसी जिल्ला कारागार बाँकेमा पुगी त्यहाँका समस्याका बारेमा पनि जानकारी लिएका थिए । कारागार बाँकेका जेलर श्याम लामीछानेले कारागारमा भए गरेका कार्यका बारेमा मन्त्रीलाई अबगत गराएका थिए । सोही क्रममा मन्त्री केसीले कैदी बन्दीहरुलाई पनि भेट गरेका थिए । भेटका क्रममा कैदी बन्दीहरुले आफ्ना समस्या र गुनासाका बारेमा मागपत्र पेश गरेका थिए । मागपत्र बुझ्दै मन्त्री केसीले आबश्यकता अनुसार समस्याहरुको समाधानका बारेमा सम्बोधन गर्ने आश्वासन दिए ।

  • २२ श्रावण २०७५, मंगलवार २१:१६ प्रकाशित
  • Nabintech