मृतक परिवारलाई जनहि १५ लाख क्षतिपूर्ति दिने सरकारकाे निर्णय
  • काँचुली खबर

३० भदौ,  काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई क्षतिपूर्ति वापत १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिबापत १० लाख र अन्य खर्च ५ लाख गरी कुल १५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

क्षतिपूर्ति वापतको उक्त  रकम अर्थ मन्त्रालय मार्फत गृह वा सम्बन्धित जिल्ला प्रशासनबाट वितरण गरिने उनको भनाइ छ ।

गृहमन्त्री अर्यालका अनुसार आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था सरकारले गर्नेछ ।

आन्दोलका क्रममा मृत्यु भएका व्यक्तिहरूलाई सम्बन्धित स्थानमा पुर्‍याउनका लागि सवारीसाधनको व्यवस्था पनि सरकारले मिलाउने उनले बताए ।

दुर्गमको हकमा भने हेलिकप्टर मार्फत मृतकको शव सम्बन्धित ठाउँमा पुर्‍याइने छ ।

साथै दाहासंस्कारमा समेत सरकारले सघाउने उनले बताए ।
२३ र १४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका छन् । देशका विभिन्न अस्पतालमा २८३ जना घाइतेहरू उपचाररत छन् ।

  • ३० भाद्र २०८२, सोमबार १९:४१ प्रकाशित
  • Nabintech