३० भदौ, नेपालगन्ज । जेन-जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट थलिएका बाँकेका सरकारी कार्यालयबाट सेवा प्रवाह हुन अझै केही दिन लाग्ने भएको छ । आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका कार्यालयहरूमा सरसफाइ र आवश्यक विद्युत्, इन्टरनेट जडान भइरहेकाले केही दिन लाग्ने भएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाले आइतबारबाट अत्यावश्यक सेवा दिने भने पनि विविध कारणवश सेवा सञ्चानल गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनले विद्युत्, इन्टरनेटलगायत जोड्ने काम सुरु भइसकेको र दुई-तीन दिनभित्रै अत्यावश्यक सेवा भने सुरु गर्ने बताए । ‘कम्प्युटर, इन्टरनेट र विद्युत् जडानको काम अन्तिम चरणमा पुगेको छ । अबको दुई-तीन दिनभित्र अत्यावश्यक सेवा प्रदान गर्ने गरी काम अगाडि बढेको छ,’ उनले भने, ‘भवनमा क्षति पुगेकोले त्रिपालमुनि बसेर सेवा दिने योजना छ ।’
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण उपकरण र कागजात जलेकोले सेवा नियमित गर्न नसकिएको बताए । उनले माथिको आदेशको पर्खाइमा रहेको र नयाँ नागरिकता वितरणको काम चाँडै सुरु गर्ने बताए । ‘कहिलेदेखि सेवा सुरु गर्ने विषयमा छलफल भइरहेको छ, तर यति दिनभित्र सेवा सुरु गर्छौँ भन्न सकिने अवस्था छैन,’ उनले भने ।
जिल्ला प्रशासन कार्यालय बाँकेको राष्ट्रिय परिचयपत्र शाखा, नागरिकता फाँट, राहदानी शाखा, अभिलेख शाखा, कर्मचारी प्रशासन फाँट, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रशासकीय अधिकृतको कार्यकक्षलगायतमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए । ‘कार्यालय सञ्चालन गर्ने ठाउँ नै छैन । कसरी र कुन ठाउँबाट सेवा सञ्चालन गर्ने अन्योल छ,’ उनले भने ।
कार्यालय सञ्चालनका लागि बाँके जिल्ला अदालतका कर्मचारी सरसफाइमा आफैँ खटिएका छन् । शुक्रबारसम्म जलेका कागजात र खरानी सफा गरेका कर्मचारीले आइतबार पानीले पखालेका छन् । ‘सरसफाइ सकिएको छ । अब आवश्यक उपकरण, फर्निचर र विद्युत् जडान गरी काम नियमित गर्ने योजना छ,’ एक कर्मचारीले भने ।
कृषि ज्ञान केन्द्रका प्रमुख विनोद घिमिरेले कार्यालय सञ्चालन गर्न समय लाग्ने बताए । उनले भने, ‘माथिल्लो तलामा रहेको सभाहलका कुर्सी र टेबल सुरक्षित छन् । यही कुर्ची र टेबलबाट सेवा सञ्चालन गर्ने योजना छ, तर कहिलेदेखि सञ्चालन गर्ने अन्योल छ,’ उनले भने ।
नेपालगन्ज भन्सार कार्यालयले पेट्रोलियम पदार्थ आयातको कामबाहेक अन्य सेवा नियमित गर्न नसकेको प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले जानकारी दिए । उनले एकीकृत जाँच चौकी ९आइसिपी०मा क्षति नपुगे पनि यात्रु शाखा र भन्सार कार्यालयमा पूर्ण क्षति पुगेको बताए । ‘यात्रु शाखामा रंगरोगन भइरहेको छ । अबको दुई-तीन दिनमा यात्रु शाखाको काम सुरु हुन्छ,’ उनले भने ।
मालपोत कार्यालय, नापी कार्यालय, राजस्व कार्यालयको सरसफाइ अझै हुन सकेको छैन । यी कार्यालयका उपकरण, कागजात र फर्निचर पनि जलेर खरानी भएका छन् ।
३० भाद्र २०८२, सोमबार १७:२१ प्रकाशित