जेन्जी आन्दोलनमा ज्यान गुमाएका नेपालगञ्जका दुई युवाको दाहसंस्कार (फोटो फिचर)
  • काँचुली खबर

२८ भदौ, नेपालगन्ज ।  ‘जेन-जी’ आन्दोलनको क्रममा काठमाडौँमा ज्यान गुमाएका नेपालगञ्जका दुई युवाको दाहसंस्कार गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका-१ धम्बोझी निवासी सुलभराज श्रेष्ठ र आयुष थापाको पार्थिव शरीरलाई नगर परिक्रमा पछि राप्ती नदीको सिधनियाघाटमा  दाहसंस्कार गरिएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सुलभराज र आयुषको शव शुक्रवार नेपालगञ्ज ल्याइएको हो । नेपालगञ्ज उपमहानगरपालिका-१ धम्बोझी निवासी १९ वर्षीय आयुष थापा र २३ वर्षीय सुलभराज श्रेष्ठको आन्दोलनका क्रममा प्रहरीले प्रहार गरेको गोली लागेर गत सोमबार निधन भएको हो ।

फिनल्यान्ड जाने तयारीका निम्ति आयुष काठमाडौँ गएका थिए भने सुलभराज काठमाडौँको कान्तिपुर इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङका विद्यार्थी थिए।

शुलभराजको शुक्रबार साँझ अन्त्येष्टि गरिएको थियो भने आयुषको आज अन्त्येष्टि गरीएको हो । अन्त्येष्टि गर्नु पूर्व दुबै जनाको शवलाई नगर परिक्रमा गरेर श्रद्धाञ्जली अर्पण गरीएको थियो ।

  • २८ भाद्र २०८२, शनिबार १६:०० प्रकाशित
  • Nabintech