रबि सहित नख्खु कारागारबाट भागेका कैदीलाई आत्मसमर्पण गर्न अपिल
  • काँचुली खबर

२७ भदौ, काठमाडौं । नख्खु कारागार प्रशासनले भदौ २४ गतेको घटनापछि फरार भएका सबै कैदी बन्दीलाई आत्मसमर्पण गर्न र आधिकारिक सम्पर्कमा आउन अपिल गरेको छ ।

प्रशासनले तत्काल जेलमा नफर्किए भविष्यमा प्राप्त हुने कानूनी अधिकार,सुविधा र सामाजिक पुनःस्थापना प्रक्रियामा असर पर्ने चेतावनी दिएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नख्खु जेलबाट रास्वपा सभापति रवि लामिछानेसहित १४ सय कैदी बन्दी बाहिरिएका थिए । तीमध्ये पूर्व राज्यमन्त्री सञ्जय टकलासहित केहीलाई प्रहरीले काभ्रेको मंगलटारबाट पक्राउ गरेको छ ।

उक्त सूचनामा फरार अवस्थाको निरन्तरताले कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन हुने मात्रै नभई भविष्यमा प्राप्त हुनसक्ने कानुनी अधिकार,सुविधा र सामाजिक पुनःस्थापना प्रक्रियामा समेत प्रतिकूल असर पर्ने ब्यहोरा उल्लेख छ ।

‘विधि,कानून र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनमा आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्नमा सहयोग पुर्याउन सम्पूर्ण फरार कैदीबन्दीहरूलाई अपिल गर्दछौँ’,कारागार प्रशासनको भनाइ छ ।

  • २७ भाद्र २०८२, शुक्रबार १४:२७ प्रकाशित
  • Nabintech