२५ भदौ, नेपालगन्ज । जेन जेड आन्दोलनका कारण नेपालमा भएको घटना क्रमलाई मध्यनजर भारतले नेपाल भारत जमुनाहा सीमा नाका बन्द गरेको छ ।
यसअघि नाकामा निकै कडाइ गरेको भारतीय सुरक्षाकर्मीहरूले नेपालको अवस्था गम्भीर बन्दै गएपछि नाका बन्द गरेको जनाएका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बुधबार बिहानैबाट नाकामा कसैलाई पनि आवागमन गर्न नदिइएको जनाउँदै बिरामी, एम्बुलेन्स तथा अन्य आपातकालीन अवस्थाका नेपाली नागरिकलाई मात्र भारत प्रवेश गर्न दिइएको भारत रुपैडिहास्थित भारतीय प्रहरीले जनाएको छ ।
भारतबाट आउने नेपालीलाई पनि अवस्था हेरेर जान दिइएको जनाउँदै भारतीयलाई नेपाल प्रवेश गर्न नदिइएको तथा नेपालीलाई भारत प्रवेश गर्न नदिइएको बताइएको छ ।
देशभरी जेन जेड विद्यार्थीले प्रदर्शन सुरु गरेपछि केन्द्रको आदेश जनाउँदै यहाँस्थित नेपाल भारत सिमानाको भारतीय सुरक्षा पोष्टमा एसएसबी र भारतीय प्रहरीले मंगलबार चेकजाँचमा निकै कडाइ गरेका थिए । पछि उनीहरूले नाका बन्द भएको घोषणा गर्दै नाकामा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरेका थिए ।
२५ भाद्र २०८२, बुधबार १४:४८ प्रकाशित