रबिलाई बाहिर निकालिएपछि देशभरका जेलबाट ६ हजार कैदी भागे
  • काँचुली खबर

२५ भदौ, काठमाण्डौं । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आन्दोलनको बलमा बाहिर निकालेपछि देशभर करिब ६ हजार कैदीहरू जेलबाट भागेका छन् ।

सुरक्षाकर्मीहरुलाई धम्क्याउँदै उनीहरु भागेका हुन् । विभिन्न अपराधमा सजाय काटिरहेका कैदीहरु बाहिर आएपछि सर्वसाधारणमा आतंक फैलिएको छ । साथै जुन अपराधको सजायमा कैद भुक्तान गरिरहेका कैदीहरु बाहिर आएपछि पीडितहरु घर छाडेर अन्यत्र भागिरहेका छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कानुनी दायरामा आएका धेरै जसो कारागारबाट बाहिर आएपछि समाज अर्को आतंकमा प्रवेश गरेको छ । यहाँ पीडित र अनुसन्धानकर्ताभन्दा पीडक र पीडकलाई संरक्षण गर्नेहरु शक्तिशाली भएका कारण उनीहरु घर छाडेर हिँड्न बाध्य भएका छन् ।

राज्यको आधारभूत कर्तव्य शान्ति सुरक्षाको प्रत्याभूति हो । त्यो कर्तव्यबाट राज्य लगभग च्युत भएको छ । यतिबेला राज्य संयन्त्र सबै खलबलिएको र केही भए कोही कसैले उद्धार गर्ने, संरक्षण गर्ने र कानुनी दायरामा ल्याइहाल्ने अवस्था छैन । कसैले तारो नबनाएकाहरू मात्र सुरक्षित छन् भने पनि हुन्छ । सरकारी संयन्त्रमध्ये शान्ति सुरक्षा प्राथमिक जिम्मेवारी गृह प्रशासन र अपराध नियन्त्रण प्रहरीको कार्यक्षेत्रमा पर्छ । देशभर प्रहरीका सबै संरचना प्रभावहीन भएका छन् । प्रहरीले बोकेका हतियार भौतिक संरचना माथि धावा बोलिएको छ ।

अपराध नियन्त्रण, अनुसन्धान र उपचारात्मक सबै मोर्चामा प्रहरीरप्रशासन विफल भएको छ । सुरक्षा स्थितिमा आएको सम्पूर्ण स्खलनको भारी कसले लिने हो भन्नेमा कोही जिम्मेवार छैनन् । अपराधीहरुले यही मौका पारेर थप अपराध गर्ने र इगो साँध्ने काम हुनसक्छ । मंगलबार दिनभरको दृश्य हेर्ने हो साना र स्वचालित हतियारको बोकेका धेरै मानिसहरु सडकमा थिए । ती मानिसहरु कहाँबाट आए भन्ने अहिलेसम्म एकिन भएको छैन ।

अदालत निसाना

छुटेका कैदीहरुले देशभरका अदालतलाई निशाना बनाउँदा प्राय सबै अदालत जलेका छन् । अब उनीहरुको निशाना न्यायाधीश र उजुरीकर्ता माथि प्रस्ट छ । सुरक्षा अवस्था प्राय शून्य भएको बेला समाज यस्तै आतंकले थप ध्वस्त हुने निश्चित देखिएको छ । रवि लामिछानेले आफू गृह सचिवको आदेशले छुटेको भनेको केही समयमै त्यही नख्खु कारागारबाट कुख्यात अभियुक्त सञ्जय टक्ला निस्केर हिँडेका थिए ।

रविले आफू गृह सचिवको निर्णयमा छुटेको बताएपछि अन्य कैदीहरुले आफू किन छुट्न नपाउने भन्दै आन्दोलन गरेका थिए । सञ्जय टक्ला निस्केपछि मधेशभर सर्वसाधारण आतंकित भएका छन् । १८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको वम विष्फोट घटनाको मुख्य नाइकेको अभियोगमा उनी सजाय काटिरहेका थिए ।

अहिले नख्खु कारागार नै पूरै खाली भएको छ । डिल्ली बजार कारागारका कैदीहरु आफैले आन्दोलन गरेर आगो लगाएपछि सेनाले बाध्य भएर छाडेको छ । डिल्ली बजार र नख्खुमात्र होइन देशभरका कारागारबाट कैदीहरु निस्केपछि अदालत, प्रहरी प्रशासन र पीडितहरुलाई निशाना बनाइरहेका समाचारहरु आइरहेका छन् ।

कैलाली कारागार पनि पूरै खाली छ । कास्की कारागारबाट पनि धेरै कैदीबन्दी भागेका छन् । झुम्का कारागार, सोलु कारागार, रौतहट कारागार, मकवानपुरको भीमफेदी कारागारबाट म्याग्दी लगायतका सबैजसो कारागारबाट अपराधीहरु बाहिर आएका छन् । विभिन्न जघन्य अपराधमा कारागारमा पुगेकाहरू धमाधम बाहिर निस्कन थालेपछि उनीहरूबाट सुरक्षा थ्रेट हुन थालेको छ ।

कहाँबाट कति

चितवन कारागारबाटः बाट ७ सय

नख्खु कारागारबाटः करिब १ हजार २ सय

सुनसरीको झूम्का कारागारबाटः १५ सय ७५

कञ्जनपुर कारागारबाटः ४ सय ५०

कैलाली कारागारबाटः ६१२

जलेश्वर कारागार बाटः ५ सय ७६

कास्की काराकारबाटः ७ सय ७३

दाङ कारागारबाटः १ सय २४

जुम्ला कारागारबाटः ३६

सोलुखुम्बू कारागारबाटः ८६

गौर कारागारबाटः २ सय ६०

बझाङ कारागारबाटः ६५

  • २५ भाद्र २०८२, बुधबार १४:२५ प्रकाशित
  • Nabintech