कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकामा आगजनी
  • काँचुली खबर

२४ भदौ, कोहलपुर । जेन-जी युवाहरूले कोहलपुर नगरपालिकामा आगजनी गरेका छन्। मंगलबार बिहानैदेखि प्रदर्शन गरिरहेका उनीहरूले कोहलपुर नगरपालिकामा आगजनी गरेका हुन्।

आन्दोलन स्थलमा रहेका सुरक्षाकर्मीहरू भने सबै फिर्ता भइसकेका छन्।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

त्यसैगरी नेपालगन्ज उपमहानगरपालिकामा समेत आगजनी गरीएको छ । बिहानैदेखि उपमहानगरपालिका अगाडि प्रदर्शन गरीरहेका जेन-जी युवाहरू उपमहानगरपालिका कार्यालयमा आगलागी गरेका हुन ।

अहिले सयौँ जेन-जी प्रदर्शनका लागि सडकमा निस्किएका छन् । युवाहरूले नेपालगन्जमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा समेत आगजनी गरेका छन् । बाँकेमा नेपाल प्रहरीले संयमता अपनाउँदा अप्रिय घटना हुनबाट रोकिएको छ ।

साथै कोहलपुर नगरपालिकाका सवारी साधनमा पनि आगलागी भएको छ । युवाहरू नगरभित्र प्रवेश गरी सवारी साधनमाथि आगलागी गरेका हुन् ।

  • २४ भाद्र २०८२, मंगलवार १६:२२ प्रकाशित
  • Nabintech