२४ भदौ, नेपालगन्ज । जेन-जी समर्थकको प्रदर्शनका कारण पश्चिम नेपालको प्रमुख शहर नेपालगन्जको अवस्था अहिले तनावग्रस्त बनेको छ ।
जेन-जी समर्थक युवाहरू सडकमा उत्रिएर प्रदर्शन व्यापक बनाएपछि स्थिति तनावपूर्ण बनेको हो । प्रदर्शनकारीहरुले नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी गरेका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
कार्यालयभित्र राखिएका कुर्सी, टेबुल तथा फर्निचरका सामाग्री बाहिर ल्याएर आगजनी गरेका हुन् । सुरुमा एमाले पार्टी कार्यालयमा आगजनी गरेका उनीहरुले त्यसपछि काँग्रेस पार्टी कार्यालयमा आगो लगाएका हुन् ।
प्रदर्शनकारीले नेपालगन्जको बिपी चोक, पुष्पलाल चोक लगायत क्षेत्रमा पनि आगजनी गरेका छन् ।
नेपालगन्जको पुष्पलाल चोकमा रहेको प्रहरी बिटमा समेत आगजनी गरेका छन् । उनीहरुले पुष्पलालको शालिक ढालेका छन् ।
प्रदर्शनकारी सडकमा ओर्लिएपछि नेपालगन्ज बजार बन्द भएको छ । त्रिभुवन चोक, त्रिवेणी मोड, सेतु विक चोक लगायतमा टायर बालेर प्रदर्शन गरेका छन् ।
२४ भाद्र २०८२, मंगलवार १४:३२ प्रकाशित