रूपन्देही र उपत्यकाका तीनवटै जिल्लामा कर्फ्यु जारी
  • काँचुली खबर

२४ भदाै, नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मङ्गलबार बिहान  ९ः३० बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्लाका अधिकारी डा. टोकराज पाण्डेले जारी गरेको सूचनामा  मङ्गलबार सुरक्षा अवस्थालाई मध्यनजर गरी बिहान साढे ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

यसअघि सोमबार रुपन्देहीका विभिन्न स्थानमा जेनजीहरुले प्रदर्शनका साथै विभिन्न स्थानमा तोडफोड गरेपछि प्रशासनले राति १० बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको थियो ।

 जेन्जी पुस्ताको प्रदर्शन नरोकिएपछि काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले अलग-अलग सूचना जारी गर्दै आज दिनभरका लागि हिँडडुल गर्न निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरेका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले हस्ताक्षर गरेको आदेशअनुसार साउन २४ गते बिहान ५ः३० बजेदेखि अर्को आदेश नभएसम्म तोकिएका क्षेत्रभित्र कर्फ्यु लागू हुने भएको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम जारी आदेशअनुसार तोकिएको सीमा क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक, धर्ना, हुलदंगा, आतिशबाजी तथा भीडभाड गर्न पाइने छैन ।

  • २४ भाद्र २०८२, मंगलवार ०९:३९ प्रकाशित
  • Nabintech