ईटहरीमा पनि गाेलि लागेर एक जनाकाे मृत्यु
  • काँचुली खबर

२३ भदाै, धरान । जेनजी प्रदर्शनका क्रममा इहटरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान हुन सकेको छैन।

यसअघि आन्दोलनले उग्र रूप लिएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो। इटहरीको पूर्वमा मिलनचोक हुँदै जुटविकासदेखि अख्तियार कार्यालय, पश्चिममा कलङ्की चोक उत्तरमा हलगडा र दक्षिणमा साथी पेट्रोल पम्म हुँदै बसपार्क सम्मको एरियामा कर्फ्यु लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकरी धर्मेन्द्रकुमार मिश्रले बताए।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

जेनजीको आन्दोलनका क्रममा आन्दोलनकारीहरू इटहरी उपमहानगर भित्र पसेर आक्रमण र आगो लगाउन थालेपछि कर्फ्यु लगाइएको बताइएको छ। आन्दोलनकारीहरूले उपमहानगर प्रवेश गरी आक्रमण गर्न थालेपछि कर्मचारी र जनप्रतिनिधिले भागेर ज्यान जोगाएका थिए।

  • २३ भाद्र २०८२, सोमबार १८:०१ प्रकाशित
  • Nabintech