जेन-जी आन्दोलनमाथी सरकारको बरबर दमन, प्रधानमन्त्रीको राजीनामा माग
  • काँचुली खबर

२३ भदौ, काठमाडौँ । जेनजी पुस्ताको आन्दोलनमा सरकारले व्यापक दमन गरेको छ । सरकारले आन्दोलनमा बर्बर दमन गरेपछि जेन-जी पुस्ताले प्रधानमन्त्री केपी शर्मा ‌ओलीको राजीनामा माग गरेको छ ।

आन्दोलनमा प्रहरीको गोली लागेर १४ जनाको मृत्यु भइसकेको छ । यो दमनसँगै सरकारको वैधता पूर्णरुपमा समाप्त भएको जेन-जी पुस्ताले निष्कर्ष निकालेको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अब सरकारको विकल्प खोज्नुपर्ने उनीहरूको माग छ। जेन-जी पुस्ताका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘यस निर्दयी दमनसँगै वर्तमान सरकारको वैधता पूर्ण रूपमा समाप्त भएको छ । लाखौँ नयाँ पुस्ता सडकमा आइसकेका सन्दर्भमा, अब वैकल्पिक सरकारको बाटो खोल्नु अपरिहार्य भइसकेको छ । त्यसैले हामी प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन स्पष्ट आग्रह गर्दछौँ ।’

यस्तै, सुरक्षा निकायहरूलाई पनि तत्काल दमनकारी गतिविधिबाट पछि हट्न र शान्तिपूर्ण प्रदर्शनलाई सहज बनाउन र जनताको अधिकारलाई सम्मान गर्न आग्रह गरिएको छ ।

  • २३ भाद्र २०८२, सोमबार १६:४० प्रकाशित
  • Nabintech