इप्रका कोहलपुरको हिरासतमा सिंहको मृत्यु, परिवारद्धारा शव उठाउन अस्विकार
  • काँचुली खबर

२३ भदौ, कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एक ब्यक्तीको भएको छ । ज्यान कसुरमा तिन दिन अघि पक्राउ गरी हिरासतमा राखिएका जानकी गाँउपालिका ६ का ३८ वर्षीय वीरेन्द्र बहादुर सिंहको मृत्यु भएको हो ।

ज्यान कसुरमा सोधपुछकालागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सामान्य अवस्थामा पक्राउ परेका सिंहको मृत्यु शंकास्पद रहेको भन्दै मृतकका आफन्तले शव उठाएका छैनन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

हिरासतमा आफु शुरक्षित नभएको भन्दै सिंहले आफुलाई नेपालगन्ज लैजान आग्रह गरेको आफन्तको दावी छ । प्रहरीले हिरासतभित्रै कुटपिट सहित चरम यातना दिएकै कारण सिंहको मृत्यु भएको भन्दै आफन्तहरुले घटनाको छानबिन हुनुपर्ने माग समेत गरेका छन ।

मृतककी बुहारी सुकुमाया सिंहका अनुसार आईतबार उनले सिंहलाई हिरासतमै भेटेकी थिईन । भेटका क्रममा सिंहले “यहाँ मलाई सुरक्षित लागेन, कुटपिट भयो नेपालगञ्ज लैजाउ” भनेको सुकुमायाको दावी छ । त्यसक्रममा मृतक सिंहले हाँतको जोर्नी, टाउको, खुट्टा लगाएत ठाँउमा चोटको डाम देखाएको सुकुमायाले बताईन।

प्रहरीले आज विहान करिब ५ बजेतिर विरेन्द्र विरामी हुनुहुन्छ भन्दै आफुहरुलाई फोन गरेको बताउँदै सुकुमायाले आफुहरु प्रहरी चौकी आउँदा सिंहको मृत्यु भईसकेको जानकारी दिईन । उनीका अनुसार आफन्त आएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएकोमा अस्पतालले सिंहलाई मृत घोषणा गरेको थियो ।

प्रहरीले भने मृतक सिंह हिरासतमै बेहोस अवस्थामा भेटिएको दावी गरेको छ । बिहान उठेर हेर्ने बेला सिंह्लाई बेहोस देखेपछि आफन्तलाई खबर गरीएको भन्दै प्रहरीले आफन्तहरुले लगाएको आरोप गलत भएको जनाएको छ ।

भदौ १९ गते विहान ८ः३० बजे जानकी गाउँपालिका ६ स्थित बाटोमा वर्ष २१ का मुकेस पार्सी मृत फेला परेका थिए । पार्सीको मुत्युपश्चात सिंह सहित ४ जनालाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा कालिकोटका वर्ष २७ का मनरुप पाण्डे, जानकी ६ का कल्सीप पाण्डे र मृतक वीरेन्द्र बहादुर सिंह थिए । अर्का एक १३ वर्षिय बालक भएकाले उनको पहिचान खुलाईएको छैन । ज्यान कुमरमा पक्राउ परी अनुसन्धानकै क्रममा रहेका सिंहको हिरासतमै मृत्यु भएको हो ।

  • २३ भाद्र २०८२, सोमबार १४:२२ प्रकाशित
  • Nabintech