२२ भदौ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका-२ स्थित १३ विघा मैदानमा अत्याधुनिक सुविधासहितको फुटबल रङ्गशालाको प्यारापिट निर्माण कार्य सुरु भएको छ ।
रङ्गशालाको आइतबार कोहलपुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख संगीता सुवेदी र कोहलपुर-२ का वडाअध्यक्ष हरि कठायतले शिलान्यास गगरेका छन । अनुमानित २२ करोड रुपियाँ लागतमा सम्पन्न हुने रङ्गशालामा पहिलो चरण अन्तर्गत प्यरापिट निर्माण कार्य सुरु भएको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
रङ्गशालाका लागि केही महिना पहिलेनै डीपीआर तयार पारिएको थियो । डीपीआर तयार भएपछि नगरपालिकाले गत वैशाख महिनामा रङ्गशाला निर्माण कार्यका लागि बोलपत्र आह्वान गरेको थियो ।
पहिलो चरणमा रङ्गशालाको प्याराफिट निर्माण गरिनेछ । कूल सात करोड रुपियाँको लागतमा रङ्गशालाको प्याराफिट निर्माण हुने कोहलपुर नगरपालिकाले जनाएको छ ।
प्रतिस्पर्धामार्फत रङ्गशाला निर्माणको जिम्मा कोहलपुर-२ स्थित शुभ आर्शीवाद – श्री वि.जी.जे.भीले पाएको छ । निर्माण कार्यकालागि नगरपालिका र निर्माण व्यवसायीबीच एक वर्षे सम्झौता भएको छ ।

दुवै पक्षबिच २०८३ असार मसान्तभित्र प्याराफिट निर्माण गरिसक्नुपर्ने गरि सम्झौता भएको निर्माण व्यवसायी अमृत खत्रीले बताए । निर्माण व्यवसायी खत्रीले निर्धारित समयमै योजना सम्पन्न गर्नेगरी काम सुरु गरिएको बताए ।
शिलान्यास कार्यक्रममा बोल्दै कार्यवाहक नगरप्रमुख सुवेदीले रङ्गशाला कोहलपुर नगरपालिकाको गौरवको आयोजना भएको जनाउँदै यसलाई समयमै पूरा गराउने आफुहरुको अधिकतम प्रयास रहने बताईन ।
लामो समयको प्रयासपछि फुटबल रङ्गशाला निर्माण कार्य औपचारिक रूपमा सुरु भएको कोहलपुर-२ का वडाध्यक्ष कठायतले बताए । रङ्गशाला निर्माणका लागि तयार पारिएको डीपीआरअनुसार निर्माणका लागि २२ करोड ७५ लाख ५४ हजार २७२ रुपियाँ लागत लाग्नेछ ।
उक्त रकम लगानीमा चारैतर्फ सुविधासम्पन्न प्याराफिट निर्माण गरिनेछ । सोही प्रकारले बाउन्ड्री वाल, होस्टेल ब्लक, चौशालय, पार्किङ स्थल लगायतका संरचनाहरु पनि निर्माण हुनेछन् ।
यही मैदानमा गत तीन वर्षदेखि लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो धनराशीको फुटबल प्रतियोगिता मुख्यमन्त्री कोहलपुर गोल्डकप सञ्चालन हुँदै आएको छ ।
२२ भाद्र २०८२, आईतवार १७:१२ प्रकाशित