भदाै २१ गते ज्ञानाेदयकाे अधिवेशन, नयाँ नेतृत्व चयन हुने
  • काँचुली खबर

१९ भदाै, काेहलपुर । बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रले आफ्नो २१ औं साधरण सभा तथा ८ औं अधिवेशन भदौ २१ गते शनिबार गर्ने भएको छ । अधिवेशनले पुस्तकालयकाे आगामि नेतृत्व चयन गर्नेछ ।

पुस्तकालयले २१ औं साधरण सभा तथा ८ औं अधिवेशनको पूर्वसन्ध्यामा पत्रकार भेटघाटमार्फत उक्त जानकारी गराएको हो । पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईका अनुसार साधारणसभा तथा अधिवेशनकाे लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम तय भएकाे छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष भट्टराईले पुस्तकालयकाे सभाहलमा हुने अधिवेशन तथा साधरण सभाको सम्पूर्ण तयारी पुरा भएको बताए ।

उनले साधारणसभामा पुस्तकालयको स्थापना दिवसका अवसरमा यसअघि भदौ १५ गते आयोजना गरिएका विभिन्न कार्यक्रमका विजेता तथा पुस्तकालयमा स्थापना भएका विभिन्न पुरस्कार समेत वितरण गरीनेछ ।

पुस्तकालयमा हालसम्म ७ सय ३३ जना आजिवन सदस्य रहेको बताउँदै अध्यक्ष भट्टराईले भने, ‘केन्द्रको आजिवन सदस्यहरु मध्य केही स्थानीय तहदेखि संघसम्मको नेतृत्वमा पुग्नुभएकाे छ, अन्य विभिन्न ओहोदामा हुनुहुन्छ तर उहाँहरूले पुस्तकालयको विकासका लागि बजेट तथा कार्यक्रममा कुनै चासाे देखाउनुभएकाे छैन ।’

‘हामीले उहाँहरुलाई पटक–पटक ध्यानाकर्षण गरायौं यद्यपी उहाँहरुबाट प्रतिबद्धता बाहेक अरु केही सहयाेग प्राप्त भएन’ अध्यक्ष भट्टराईले भने ।

हालैमात्र १८ औं पुस्तकालय दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरकै उत्कृष्ट पुस्तकालयको रुपमा ज्ञानोदय पुस्तकालयलाई सम्मान गर्दा कोहलपुरसंगै बाँकेको पहिचान देशभर स्थापित गर्न सफल भएको अध्यक्ष भट्टराईले बताए । उनले सोही अवसरमा रत्न पुस्तकालय बानेश्वर, काठमाण्डौले सुरेन्द्र ढकाल फाउण्डेशनको आर्थिक सहयोगमा “महाकवि देवकोटा पुस्तकालय पुरस्कार” बाट ज्ञानाेदय पुस्तकालयलाई नगद ५० हजार सहित सम्मान गरेकाे समेत जानकारी दिए । उनले ज्ञानोदयलाई सम्मान गर्ने दुवै नियकालाई धन्यबाद समेत दिए ।

ज्ञानोदयले सुरुवात गरेको खुला रामाण वाचन हाल देशका अन्य पुस्तकालयले पनि सुरुवात गरेको भन्दै अध्यक्ष भट्टराईले आफ्नाे कार्यकालमा भए-गरेका गतिविधिका बारेमा जानकारी दिएका थिए ।

  • १९ भाद्र २०८२, बिहीबार २२:०७ प्रकाशित
  • Nabintech