झ्याप्प बत्ती जाने समस्याका बारेमा विद्युत कार्यालयमा छलफल हुने
  • काँचुली खबर

१८ भदौ, कोहलपुर । पटक-पटक विद्युत जाने समस्याले कोहलपुरवासी आजित हुन थालेका छन । दिनमै १०-१२ चोटी लाईन काटिन थालेपछि यहाँका स्थानियहरुको दैनिक जिवन प्रभावित हुन थालेको छ ।

झ्याप्प-झ्याप्प बत्ती जाने समस्याका बारेमा नागरीकस्तरबाटै गुनासो बढ्न थालेपछि बिहबार सरोकारवालासँग छलफल गरीने भएको छ । नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिको अगुवाईमा नेपाल विद्युत प्राधिकरण, कोहलपुर वितरण केन्द्रको प्राङ्गणमा सार्वजनिक रुपमा छलफलको आयोजना गरीएको नगर अध्यक्ष बल बहादुर खड्का (अबिरल) ले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उक्त पार्टीले बुधबार एक विज्ञप्ती जारी गर्दै विद्युत कार्यालयमा छलफलका लागी आउन सरोकारवाला सबैलाई आह्वान समेत गरेको छ ।

यसअघि पनि विद्युत आपूर्तिमा समस्या देखिएपछि दीर्घकालीन समाधानको माग सहित नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले नेपाल विद्युत प्राधिकरण, कोहलपुर वितरण केन्द्रका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

नगर समितिले गत जेठ १२ गते विभिन्न माग सहित ७ बुँदे ज्ञापनपत्र बुझाउँदा समेत समस्या समाधानमा हुने पहल नभएको निश्कर्ष निकाल्दै पार्टीले भोली (भदौ १९ गते) सार्वजनिक रुपमै खुल्ला छलफलको आह्वान गरेको अविरलले जानकारी दिए ।

उनका अनुसार भदौ १९ गते बिहान ११:३० बजे कोहलपुर वितरण केन्द्रको प्रांगणमा सरोकारवालासँग संयुक्त छलफल कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अभियन्ता, बुद्धिजीवी, विभिन्न संघ-संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, उद्योग व्यवसायी तथा विद्युत प्रयोगकर्ताहरूलाई उपस्थितीकालागी आह्वान समेत गरीएको छ ।

पार्टीका नगर अध्यक्ष खड्काले जारी गरेको विज्ञप्तिमा विद्युत समस्या समाधानका लागि एकजुट भएर आवाज उठाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।

  • १८ भाद्र २०८२, बुधबार १७:५९ प्रकाशित
  • Nabintech