१८ भदाै, काेहलपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ बाँकेको सातौ जिल्ला महाअधिवेसनबाट रेशम बहादुर खत्री अध्यक्षमा निर्वाचित भएका छन । सोमबार अबेर राति सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस र एमाले निकट व्यवसायीको साझा प्यानलका उम्मेदवार गोपाल रञ्जितकारलाई हराउँदै माओवादी समर्थित व्यवसायीको प्यानलको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका रेशम बहादुर खत्रीको प्यानल नै बिजयी भएको हो ।
यसै गरि खत्री प्यानलबाट सचिवमा चन्द्र बहादुर थापा, कोषाध्यक्ष बिर बहादुर बस्याल सहित १४ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अध्यक्षमा निर्वाचित खत्री लामो समय देखि यातायात क्षेत्रमा क्रियासिल रहिदै आएका छन । नव निर्वाचित अध्यक्ष खत्रीले आफू व्यवसायी र यात्रु दुवैको हितका लागी लागि पर्ने बताए । उनले सार्वजनिक यातायात विश्वसनियता र भरपर्दो बनाउदै बाँके जिल्लाका व्यवसायीको अभिभावकको रुपमा काम गर्ने बताए ।
जिल्लाभरका यातायात व्यवसायीहरूको साझा संस्थाको रुपमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ बाँके रहेको छ ।यसमा जिल्ला भरका २३ वटा व्यवसायिक प्रालिको सहभागिता रहेको छ ।
महाधिवेशनको उद्घाटन सत्रमा महासङ्घका उपमहासचिव शम्भु लुइटेलले लगायतले सम्बोधन गरेका थिए । महासङ्घका केन्द्रीय सदस्य टङ्क बस्यालको अध्यक्षमा उद्घाटन सत्र सञ्चलन गरिएको थियो ।
१८ भाद्र २०८२, बुधबार ०८:४६ प्रकाशित