१३ भदौ, नेपालगन्ज । नेपाल प्रहरीको बढुवा र सरुवामा हुने राजनीतिप्रति कटाक्ष गर्दै बर्दीमै भिडियो बनाउने एक प्रहरी जवानको मानसिक अवस्था ‘गडबड’ रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान माधवप्रसाद भुगाईले भदौ १० गते (हरितालिका तीजको दिन) सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै ‘पावर हुनेको लागि मात्रै हो पुलिसको जागिर ?’ भनेर आक्रोश पोखेका थिए । भिडियो भाइरल भएपछि प्रहरी संगठनले अनुसन्धान गरेकोमा भुगाईको मानसिक अवस्था असन्तुलित रहेको जिल्ला प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
प्रहरी बर्दीमै भिडियो बनाएका भुगाईले पावर हुनेको मात्र सरुवा र बढुवा हुने दाबी गरेका थिए । उनले भनेका थिए, ‘नेपाल प्रहरीको जागिर के हो यस्तो ? यत्तिका दु:ख गर्ने अनि पावर हुनेले फ्याट्ट फ्याट्ट बढुवा हुने, फ्याट्ट फ्याट्ट जहाँ भन्यो त्यही सरुवा हुने । पावर नहुनेको चाहिँ केही पनि नहुने ? मेरो जागिर खाने भए खाउ, तर यदि पावर हुनेले मात्रै जागिर खाने हो भने पावर हुनेलाई नै जागिर खुवाउ । हामीजस्तो गरिब-दुखीलाई जागिर हुन्न भने जागिर खानु छैन मलाई ।’
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
भिडियो सार्वजनिक भएपछि प्रहरी संगठनले अनुसन्धान अघि बढाएको थियो । एसपी घर्तीले भने, ‘भुगाईको मानसिक अवस्था असन्तुलित पाइएको छ । अहिले उनलाई काउन्सिलिङमा राखिएको छ । ०७७/०७८ ब्याचका हुन्, बढुवाको समय आएको छैन, बाँकेमा पनि भर्खर सरुवा भएर आएका हुन् । ०८१ सालमा मोटरसाइकल दुर्घटना भएको रहेछ, त्यसयता बेला-बेला रिस उठ्ने र आफैं बेकाबु हुने गरेको रहेछ ।’
उनलाई सोधपुछ गर्दा स्वयंले भनेका छन्, ‘मलाई बेला-बेला झनक्क रिस उठ्छ । त्यही बेला भिडियो बनाएछु । फेसबुकमा हालेको थाहा पाउँदिनँ ।’
यता, सामाजिक सञ्जालमा भने भुगाईले उठाएको विषय सान्दर्भिक रहेको भन्दै प्रशंसा भइरहेको छ । प्रहरी संगठनभित्रको राजनीतिका कारण योग्य अधिकृतहरू पछाडि पारिने र शक्तिको पहुँच हुनेहरू चाँडै बढुवा तथा उपयुक्त ठाउँमा सरुवा हुने गरेको गुनासो लामो समयदेखि उठ्दै आएको छ ।
जनआस्थाबाट
१३ भाद्र २०८२, शुक्रबार १८:५४ प्रकाशित