१० भदाै, कोहलपुर । पुर्खाले आर्जन गरेको नेपाली भुभाग, लिपुलेक र लिम्पियाधुराका सवालमा आज कोहलपुर चौराहमा अभियन्ता भुम भण्डारी धर्ना बसेका छन्। प्रचण्ड गर्मी र महिलाहरुको महान पर्व तिजको बेलामा पनि उनले राष्ट्र र राष्ट्रियताको सवालमा आफ्नो अडान राख्दै उनी धर्नामा बसेका हुन ।
धर्नामा बसेका भण्डारीले भने, “हाम्रो भूमिको एक इन्च पनि सम्झौता हुन सक्दैन। सीमाका सवालमा जनचेतना फैलाउन हामी यहाँ छौँ।” उनका अनुसार, सीमाक्षेत्र र विभिन्न भु-भागमा विदेशी प्रभाव बढ्दै गएको अवस्थामा प्रत्येक नेपालीले आफ्नो भूमिप्रति सजग र सक्रिय हुन आवश्यक छ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
धर्नास्थलमा स्थानीयबासी र विद्यार्थीहरू पनि उपस्थित भई उनलाई समर्थन गरेका छन्। उपस्थित नागरिकहरूले भने, “देशको भूभाग सुरक्षित राख्न यस्तो जागरूकता आवश्यक छ। हामी पनि अभियन्तासँगै छौँ।”
स्थानियले यस धर्नालाई सकारात्मक संकेतका रूपमा व्याख्या गर्दै यसले नेपाली जनताको राष्ट्रियभाव जागृत गर्नुका साथै सीमासम्बन्धी विषयमा सरकार तथा नागरिकबीच संवाद बढाउने विश्वास व्यक्त गरे ।
बिहान ११ बजेदेखि सुरु भएकाे धर्ना १ बजेसम्म रहने छ भने अभियन्ता भण्डारीले जनचेतना फैलाउने उद्देश्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएकाे जानकारी दिए ।
१० भाद्र २०८२, मंगलवार १२:२९ प्रकाशित