११ बैशाख २०८१, मंगलवार
मानसरोवर पार्ककालागि कोहलपुरमा जग्गा छुट्याउने निर्णय
  • काँचुली खबर

मानसरोवर पार्क निर्माणका लागि कोहलपुरमा जग्गा उपलब्ध गराईने भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा आईतबार भएको सर्वदलिय छलफलबाट रक्षा सामुदायिक वन तथा जनएकता महिला सामुदायिक वनको जग्गा उपलब्ध गराउने निर्णय भएको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले जानकारी दिए । रावतका अनुसार सो क्षेत्रमा भएको बस्ती लाई असर नगर्ने गरि आवश्यक जग्गा उपलब्ध गराईने छ ।
सो जग्गा उपलब्ध गराएसँगै प्रदेश सरकारसँगको समन्वयमा मानसरोवर पार्क निर्माणको तयारी थालिने छ । प्रदेश सरकारले बाँके जिल्लामा मानसरोवर पार्क निर्माणका लागि २ करोड बजेट बिनियोजन गरेको छ ।
यस्तै बैठकले नेपालगञ्ज मेडिकल कलेजलाई भोगचलनका लागि दिईएको सम्झौता खारेजिको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । जग्गा भोगचलनका लागि लिईएको भएपनि मेडिकल कलेजले उपभोग नगरेको महेन्द्र राजमार्ग देखि उत्तर तिरको १३ बिगाह जग्गाको सम्झौता खारेजिको प्रक्रिया सुरु गर्ने निर्णय भएको नेकपाका नेता खिल प्रसाद भुसालले जानकारी दिए ।
सर्वदलिय सर्वपक्षिय बैठकले कोहलपुर वस पार्क भित्रका घर टहराहरु भत्काउने निर्णय गरेको छ । हाल बसपार्कको स्तर उन्नतीकालागि समस्या परेकाले घर–टहरा हटाउने निर्णय भएको कोहलपुर नगर बिकास समितका अध्यक्ष अवराज खडकाले जानकारी दिए ।
सर्वदलिय बैठकमा कोहलपुर नगारपालिकाका प्रमुख लुट बहादुर रावत, कोहलपुर नगरविकास समितीका अध्यक्ष अवराज खडका, नेकपाका नेता खिल प्रसाद भुषाल, तेज प्रसाद चापागाई, नेपाली काँग्रेसका नगर सभापति बलराम शर्मा न्यौपाने, चण्डी प्रसाद गैरे, जनमोर्चाका भिम प्रसाद देवकोटा, नेमकिपाका गोमादेबि शाही, राप्रपाका रुद्र मणि न्यौपाने, कोहलपुर उद्योग बाणिज्य संघका महासचिव तेजप्रसाद अधिकारी लगायतको सहभागिता रहेको थियो ।

  • २१ श्रावण २०७५, सोमबार १२:२५ प्रकाशित
  • Nabintech