१२ बैशाख २०८१, बुधबार
बबई नदिमा पानीको बहाव बढ्यो, सतर्क रहन प्रसानको आग्रह
  • काँचुली खबर

बर्दियाको बबई नदीमा पानीको बहाव बढेपछि चेतावनीको घण्टी बजेको छ । भादा स्थित बबई नदीमा पानीको सतह ७ दशमलव ५१ मिटर पुगेको छ । बबई नदीमा पानीको सतह सात मिटर पुगे चेतावनीको घण्टी बजाउने गरिएको छ ।

अविरल वर्षाले बबई नदीको भादा नदीमा पानीको सतह ८ मिटर पुगे बर्दियाको सदरमुकाम गुलरिया, साविकको मोहम्मदपुर लगायतका गाउँ डुवान हुने गरेका छन् । डुवानको खतरा बढेपछि सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । राप्ती नदीमा पनि पानीको सतह बढेको छ । राप्तीमा पानीको सतह चेतावनी नजिक पुगेको छ । बाढी मापन केन्द्र कुसुमका गेज रिडर भद्र बहादुर थापाका अनुसार राप्ती नदीमा पानीको सतह ४ दशमलव ६९ मिटर पुगेको छ ।

अविरल वर्षाले बाँके र बर्दियाका अघिकांश भू-भाग जलमग्न भएका छन् । बाँके र बर्दियाका नदीमा पानीको बहाव बढेको छ ।

  • २० श्रावण २०७५, आईतवार २१:०९ प्रकाशित
  • Nabintech