१६ चैत्र २०८०, शुक्रबार
कांग्रेस स्याङ्जा सभापति पंगेनीको निधन
  • काँचुली खबर

काठमाडौं – नेपाली कांग्रेस स्याड्जा जिल्ला कार्य समितिका सभापति कमल पंगेनीको निधन भएको छ । प्रतिनिधिसभाका पूर्व सांसद समेत रहेका पंगेको ह्रदयघातको कारण निधन भएको हो ।

स्याड्जा भिरकोट नगरपालिका मेयर छायाराम खनालले सभापति पंगेनीको हेलुस्थित कालिका अस्पतालमा उपचारको क्रममा निधन भएको जानकारी दिनुभयो । मेयर खनालका अनुसार सभापति पंगेनी पार्टीले सरकार विरूद्द संचालन गरेको आन्दोलनको लागि केही साता अघिदेिखि जिल्लामै हुनुहुन्थ्यो ।

पार्टीको कार्यक्रमकै सिलशिलामा शनिबार बयरघारीमा बस्नु भएको थियो । उहाँलार्इ शनिबार राति ११ बजे ह्रदयघात भएपछि कालिका अस्पताल पुर्याइएको थियो । उहाँको उपचारको क्रममा निधन भएको हो ।

पंगेनी २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ बाट विजयी हुनुभएको थियो ।पंचायतकालदेखि राजनीतिमा सक्रिय पंगेनी २०६४ सालको निर्वाचनमा भने स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा पराजित हुनु भएको थियो । पंगेनी नेपाली कांग्रेस विभाजित हुँदा शेरबहादुर देउवा नेतृत्वको

  • २० श्रावण २०७५, आईतवार १०:३२ प्रकाशित
  • Nabintech