लञ्च भयो ‘फाईटर किङ्ग’, अब सुतेरै यात्रा गर्न सकिने
  • काँचुली खबर

७ बैशाख, कोहलपुर । यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै नमस्ते नेपाल यातायात प्रा.लि. कोहलपुरले नयाँ लक्जरी बस सेवा ‘फाईटर किङ्ग एसी सोफा सिल्पर बस’ लञ्च गरेको छ ।

यही शुक्रबारदेखि नेपालगञ्ज-काठमाडौंसम्मको यात्राकालागि नयाँ सुविधा सहितको बस सेवा संचालनमा आएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नयाँ बसमा सोफा सिटसँगै चारवटा सिंगल सिल्पर र दुईवटा डबल सिल्पर (सुत्न मिल्ने) सिटको व्यवस्था रहेको प्रा.लि. ले जनाएको छ। सोफा सस्पेन्सर प्रणालीले लामो दूरीको यात्रा थप सहज र सान्तिपूर्ण हुने कम्पनीको दाबी छ ।

नमस्ते नेपाल यातायात प्रा.लि. कोहलपुर अन्तर्गत संचालनमा आएको बसमा यात्रुहरूको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै २४ घन्टा निःशुल्क वाइफाइ, शुद्ध पिउने पानी र सिसिटिभी क्यामराको व्यवस्था गरिएको बस धनी अर्जुन श्रेष्ठले जानकारी दिए ।

कम्पनीका कोषाध्यक्ष शिव प्रसाद डाँगीका अनुसार यात्रुको बढ्दो मागअनुसार सेवा विस्तार गरिएको हो । “सस्तो, सुरक्षित र आरामदायी सेवा हाम्रो लक्ष्य हो । नयाँ बस सेवा त्यसतर्फको एक महत्वपूर्ण प्रयास हो,” उनले बताए ।

हालै नेपालगञ्ज-काठमाडौं यात्राका लागि यात्रीहरुको अधिक मागमा तीव्र वृद्धि भएको र यात्रुहरू लक्जरी सेवा खोज्ने क्रम बढेकाले यस्तो बस सञ्चालनमा ल्याइएको कम्पनीका अध्यक्ष निरज चलाउनेले जानकारी दिए ।

  • ७ बैशाख २०८२, आईतवार १५:५१ प्रकाशित
  • Nabintech