त्रास रहित वातावरणमा परीक्षा संचालन गर्न एमालेकाे माग
  • काँचुली खबर

४ चैत्र, कोहलपुर । नेकपा एमाले काेहलपुरर नगर कमिटि कोहलपुरले त्रास रहित वातावरणमा परीक्षा संचालन गर्न माग गरेकाे छ । विगतका वर्षहरुमा वि.एल.इ. (कक्षा ८) को परिक्षालाई लिएर कोहलपुर नगरपालिकाका कर्मचारी र सरोकारवालाहरुविच तिव्र विवाद उत्पन्न भएको भन्दै नेकपा एमाले नगर कमिटि कोहलपुरका अध्यक्ष कुल बहादुर भट्टराईले नगरपालिका मातहत संचालन हुने सवैखाले परिक्षाहरु निस्पक्ष र विवादरहित हसनुपर्ने बताएका हुन ।

आईतबार काेहलपुरमा आयाेजित पत्रकार भेटघाट मार्फत एमालेले आफ्नाे धारणा सार्वजनिक गरेकाे हाे ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

कोहलपुरलाई शैक्षिक हव बनाउने तथा कक्षा ८ र १० को परिक्षालाई मर्यादित वनाउने नाममा कोहलपुर नगरपालिकाले अस्थाई सिसि क्यामेरा जडान गराउदै वडा अध्यक्षहरुलाई परिक्षामा खटाउने हल्ला फिजाई परिक्षामा सम्मिलित हुने विद्यार्थीहरुलाई मनोवैज्ञानिक डर त्रास देखाई आतंकित गराउने कार्य आपत्तिजनक रहेकाे भन्दै भट्टराईले यस्ता कार्यले कोहलपुर शैक्षिक हव किमार्थ नहुने जिकिर गरेका छन ।

“नगरमा शिक्षा र शिक्षक, पढाई र विद्यालयको अवस्था सुधार गर्ने तर्फ ध्यान नदिने तर परिक्षाको वेला देखाईने यस्ता रवैयाले वाल मष्तिस्कमा पर्ने प्रभावलाई मध्यनजर गर्दै यस्ता कामहरु तुरुन्त बन्द गरि विना डर, त्रास सहज रुपमा परिक्षा दिन पाउने विद्यार्थीहरुको अधिकारलाई सुनिश्चित गर्न जोडदार माग गर्दछौं” नेकपा एमालेले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विद्यार्थी तथा परिक्षामा खटिएका शिक्षक, कर्मचारीहरुको मनोवल गिराउने कुनै हर्कत नगर्न चेतावनि दिंदै नेकपा एमाले नगर कमिटिले परिक्षा अनुगमन भन्दै जन प्रतिनिधि खटाउने जस्तो लज्जास्पद निर्णय सच्चयाउन र परिक्षा हलमा हुलका हुल मान्छे जाने परिपाटिको अन्त्य गर्न माग समेत गरेको छ । यस्तो सस्तो लोकप्रियताका कदमहरु नसच्चीय कडा प्रतिवाद उत्रने चेतावनी समेत दिईएकाे छ ।

  • ३ चैत्र २०८१, सोमबार १४:१८ प्रकाशित
  • Nabintech