ब्लाइण्ड विश्वकपमा नेपालले अफगानिस्तानलाई हरायो
  • काँचुली खबर

१० मंसिर, काठमाडौं । पाकिस्तानमा जारी नेत्रहीन क्रिकेट विश्वकपमा नेपालले पहिलो जित हासिल गरेको छ । सोमबार भएको आफ्नो तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको हो ।

नेपालले दिएको २२९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्र बनायो । अबसिन सेलाबले सर्वाधिक ५३ रन बनाए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नेपालका सुनिल मगरले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए । त्यस्तै भरत थापा, सुनिल क्षेत्री र अमिश गुरागाईंले एक(एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा २ विकेट गुमाएर २२८ रन बनयो । नेपालमा पदम बढाइलाले ५१ बलमा अविजित ९२ रन बनाए भने नरेश चौधरीले ६२ बलमा ७२ रन बनाए ।

नेपाल पहिलो खेलमा श्रीलंका तथा दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।

अब नेपालले भोलि दक्षिण अफ्रिकासँग खेल्न बाँकी छ । उक्त खेल जित्दै सेमिफाइनलमा स्थान बनाउने नेपाली टोलीको लक्ष्य हुनेछ ।

  • १० मंसिर २०८१, सोमबार १६:१३ प्रकाशित
  • Nabintech