१६ चैत्र २०८०, शुक्रबार
१ सय ९३ मुस्लिम हजयात्रामा
  • काँचुली खबर

कपिलवस्तु – नेपालबाट १ हजार १ सय ३९ जना मुस्लिम साउदी अरबको मक्का र मदिनाको हजयात्रामा जाँदैछन् । त्यस मध्ये कपिलवस्तुबाट यसवर्ष १ सय ९३ जना मुस्लिम हजयात्रामा जाने तयारीमा जुटेका छन् । मक्का र मदिनाको यात्रा गर्दा स्वर्ग जाने सरह पुण्य प्राप्ति हुने साथै आफूले जानेर वा नजानेर गरेका गल्तीको माफी पाउने विश्वास नेपालका मुस्लीमहरु मक्का मदिना जाने गर्दछन ।

सबै सबै मुस्लिमलाई उडानका लागि अगस्त १ देखि ७ तारीखसम्मको उडान तालिका तोकिएको छ । यही अगस्त ५ र ६ तारीख अर्थात साउन २० र २१ गतेका दिन हुने उडानका लागि उनीहरु तयारीमा जुटेका हुन् । अगस्त ५ मा कपिलवस्तुका मात्र १५० जनाको उडान हुने समय तालिका तोकिएको छ । भने ६ तारीखका दिन १४९ जनाको टोलीमा कपिलवस्तुका ४३ जना, सप्तरीका ५९ र बाराका ४७ जना उड्नेछन् ।

अगस्त १ तारीख अर्थात साउन १६ गतेका दिन अर्घाखाँचीको टोलीसँगै हजयात्रामा उडानका लागि चन्द्रौटा उद्योग वाणिज्य संघ कपिलवस्तुका अध्यक्ष जमशेर अलि मियासहित ५ जनाको टोलीलाई चन्द्रौटामा विदाई गरिएको छ । हज समितिको अनुसार अगस्त १ तारीखका दिन १५१ जनाको उडान हुनेछ । यस्तै २ तारीखमा १४९ जना, ३ तारीख १५० जना उड्ने समितिको तालिकामा उल्लेख छ ।

अगस्त ४ तारीखका दिन १४९ र १५० गरी दुई लटमा उडान हुने बताइएको छ । जसमा एकै दिन १९९ जना उड्नेछन् भने ५ तारीखका दिन १५० जना, ६ तारीखमा १४९ जना र ७ तारीखका दिन ९१ जनाको उडान हुने उडान तालिकामा जनाइएको छ ।

  • १४ श्रावण २०७५, सोमबार ०९:२९ प्रकाशित
  • Nabintech