७ बैशाख २०८१, शुक्रबार
कृषिका ५९ कर्मचारीमाथि छानविन शुरु
  • काँचुली खबर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन विपरित बजेट सक्न विदेश भ्रमण गएका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका ५९ कर्मचारीमाथि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छानविन थालेको छ ।

छानविनबाट जोगिन मन्त्रालयका उच्च तहका कर्मचारी भने नियमविपरीत भएको भ्रमणको बचाउमा लागेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

मन्त्रालयका सचिव तथा सहसचिवहरू भ्रमण वैधानिक भएको भन्दै बचाउमा लागेका हुन् । प्रधानमन्त्री कार्यालयको निर्देशन, सरकारको मितव्ययी नीति तथा वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिकाको उल्लंघन गर्दै ५९ जना कृषिका कर्मचारी भारत भ्रमण गएका थिए ।

मन्त्रालयका सचिव युवकध्वज जीसीले भ्रमण वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५ विपरीत नभएको दाबी गरे । ‘यो भ्रमण वार्षिक कार्यक्रममै आधारित हो । अर्थ मन्त्रालयलगायतबाट स्वीकृति भएको छ । पहिल्यै स्वीकृति नगरेको भए हुन्थ्यो, अहिले आएर अलिक बढी अतिरञ्जित गरियो,’ उनले भने ।

आर्थिक वर्ष सकिन चार दिन मात्र बाँकी रहँदा मन्त्रालयबाट सो टोली नियमित काम प्रभावित बनाउँदै भ्रमणमा निस्किएको थियो । कतिपयले त्यस्ता कर्मचारी र स्वीकृत दिने अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् ।

  • १४ श्रावण २०७५, सोमबार ०९:२५ प्रकाशित
  • Nabintech