१६ चैत्र २०८०, शुक्रबार
बाँके भ्रष्टाचार हुने जिल्लाको अग्रपंक्तिमा
  • काँचुली खबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले गत आर्थिक वर्ष ०७४|०७५ मा ६ सय १ वटा उजुरी दर्ता भएको जनाएको छ । ६०१ वटा भ्रष्टाचार सम्बन्धि उजुरीलाई प्रारम्भिक अनुसन्धान गरिएकोमा ४ सय २९ (७१.३८५ प्रतिशत) वटा उजुरी फच्र्छौट गरिएको छ ।
६ सय १ उजुरीमध्ये सबैभन्दा बढी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगत १ सय ४३ वटा, शिक्षाका १ सय ३५, बन तथा भु-संरक्षण मन्त्रालयका ९६, भूमि सुधार तथा व्यबस्था मन्त्रालय अन्तरगत ५२ वटा र गृह मन्त्रालय अन्तर्गत ३४ वटा रहेका छन ।
कार्यलयको तत्थ्याङ्क अनुसार सबैभन्दा बढि भ्रष्टाचार हुने जिल्लामा बाँके अग्रपक्तीमा छ । आ.व. २०७४|०७५ को अन्त्य सम्ममा बाँकेबाट २ सय ६८ वटा भ्रष्टाचार सम्बन्धि उजुरी दर्ता भएका छन । त्यसैगरी क्रमशः बर्दियामा १ सय ५०, दाङमा १ सय ३३, रोल्पामा ३९ र प्यूठानमा ११ वटा उजुरी परेकोमा बाँकेका २ सय ३, बर्दियाका १ सय ५ वटा, दाङका ९०, रोल्पाका २५ वटा र प्युठाका ६ वटा उजुरी फच्र्छौट गरिएको अख्तियार अनुसन्धान कार्यालय कोहलपुरले जनाएको छ ।
गत आ.ब.मा प्रारम्भिक उजुरीको अध्ययन पश्चात थप अध्ययनका लागि ४१ वटा उजुरी विस्तृत अनुसन्धानका लागि पेश भएका छन् । यसै गरी उक्त कार्यालय बाट विस्तृत अध्ययन पश्चात ११ वटा उजुरीमा रु. ११ लाख ३५ हजार ५९ विगो सहित २१ जनालाई विशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरिएको छ ।
भ्रष्टाचार नियन्त्रणका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरले मुख्य गरी दण्डात्मक, प्रवद्र्धनात्मक तथा निरोधात्मक क्रियाकलापहरु संचालन गर्दै आएको छ । जसमध्ये दण्डात्मक क्रियाकलाप अन्तरगत गत आर्थिक वर्षमा ९ वटा स्टिङ्ग अपरेशन संचालन गरेको अख्तियार अनुसन्धान कार्यालय कोहलपुरले जनाएको छ ।
मन्त्रालयगत रुपमा सवैभन्दा बढी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा ३ वटा, उर्जामा २, स्वास्थ्यमा २, वनमा १ र गृहमा १ गरि ९ वटा अपरेशन गरिएकोमा अधिकृत स्तरका ५ जना, सुव्बा स्तरका १ जना, खरिदार स्तरका ३ जना तथा कार्यालय सहयोगी स्तरका ३ जना गरी जम्मा १२ कर्मचारीहरुलाई कारवाही गरिएको छ ।
यसरी पक्राउ पर्नेहरुमा सबैभन्दा बढी बाँकेका ७, बर्दिया र दाङका १|१ जना कार्मचारी रहेको र उनिहरुको साथबाट रु. ३ लाख १४ हजार रकम बरामद गरिएको अख्तियार अनुसन्धान कार्यलय कोहलपुरले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

  • १२ श्रावण २०७५, शनिबार २०:४१ प्रकाशित
  • Nabintech