काेहलपुरमा ‘डिएसपी’ बिरूद्द नाराबाजी, ओलिलाई छाड्नुपर्ने माग
  • काँचुली खबर

२७ भदाै, काेहलपुर । एमाले निकट राष्ट्रिय युवा संघ नेपाल आवद्ध युवाहरुले काेहलपुर प्रहरी विरुद्ध नारावाजी गरेका छन । संघका बाँके अध्यक्ष तथा राप्तीसोनारी-२ का वडा अध्यक्ष ज्ञानेन्द्रराज वलीलाई खुकुरी प्रहार अभियोगमा फसाउन खोजिएको भन्दै युवा संघले आज काेहलपुरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा युवाहरूले ईलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारी विरूद्द नारावाजी गरेका थिए । काेहलपुर चाैराहमा टायर बालेर सडकमा अवराेध सृजना गरेका युवाहरूले ईलाका प्रहरी कार्यालय काेहलपुरकाे गेटसम्म बिराेध र्याली समेत गरेका थिए । बिराेध र्यालिका क्रममा युवाहरूले डिएसपी भण्डारी र प्रहरी प्रशासन विरूद्द नाराबाजी गरेका हुन ।

युवा संघले संघका अध्यक्ष वलीलगायतका व्यक्तिहरुलाई अनाहकमा राजनीतिक र समाजिक जीवन समाप्त गर्ने षड्यन्त्र गरिएको भन्दै आन्दाेलन गर्दै आएका छन ।

गत भदौ १ गते बाँकेको राप्तीसोनारी गाउँपालिकाको विनौना चोकमा एक समुहले खुकुरी प्रहार गर्दा दुई युवा घाईते भएका थिए । उक्त घटनामा संलग्न भएकाे अभियोगमा बाँके प्रहरीले एमाले निकट युवा संघ नेपाल बाँकेका अध्यक्षसहित ४ जनालाई पक्राउ गरेको थियाे । राप्तीसोनारी-२ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ-७ प्रशुरामपुरका २८ वर्षका सुलभ मल्लमाथि खुकरी प्रहार गरेको अभियोगमा राप्तीसोनारी २ का वडा अध्यक्ष समेत रहेका युवा संघ नेपालका अध्यक्ष ‘ज्ञानु’ भनिने वलीसहितका युवालाई प्रहरीले पक्राउ गरेको भन्दै युवा संघ आन्दोलित भएको हो ।

प्रहरीले भने घाईते युवाहरुको उजुरी र स्थलगत अनुसन्धानमा वलीको संलग्नता देखिन आएको भन्दै अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका वडाध्यक्ष ओेलीसहितका युवाहरूलाई ईलाका प्रहरी कार्यालय काेहलपुरमा राखिएकाे छ ।

  • २७ भाद्र २०८१, बिहीबार १६:०७ प्रकाशित
  • Nabintech