विद्यालयमा राजनिति : स्थायी शिक्षक ३० महिनादेखि हाजिर गर्नबाट बञ्चित
  • काँचुली खबर

२२ भदाै, कोहलपुर । बाँकेकाे एक विद्यालयले ३० महिनादेखि स्थायी शिक्षकलाई हाजिर गर्नबाट बञ्चित गराएकाे घटना बाहिरीएकाे छ । बाँकेको राप्तिसोनारी ८ मा रहेको गणेश मावि ढकेरीले आफ्नो विद्यालयमा स्थायी रुपमा शिक्षण गरिरहेकी पुष्पा कुमारी थारूलाई बिगत ३० महिना देखी हाजिरी गर्नबाट बञ्चित गराएको पाइएको छ ।

जिल्ला शिक्षा विकास तथा समन्वय समिति बाँकेले बिदा मिलान गरि हाजिर गराउनु भन्ने ब्यहोराको पत्र विद्यालयलाई पठाएको भएपनि विद्यालयका प्रधानाध्यापक खडानन्द डाँगिले ठाडै हाजिर गराउन नसक्ने भन्दै तालुक कार्यालयको आदेशलाई लत्याईदिएका छन ।

विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिले शिक्षिका थारु मिति २०७८ फागुन १ गते देखी हालसम्म सम्पर्कमा नआएको भनि बताए पनी शिक्षिका थारूले भने कोरोनाको समयमा आफु बिरामी भई अस्पातालमा भर्ना भएको र आफू भौतिक रुपमा उपस्थित हुन नसकेपनी हुलाक मार्फत पत्र पठाएको दाबी गरेकी छिन । उक्त हुलाकबाट पठाएको पत्र पनि विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरि प्रसाद रेग्मी र प्रअ डाँगिले बुझ्न अस्विकार गरि शिक्षिका थारूमाथि राजनैतिक हस्तक्षप गर्दै उनको भविष्यमाथि खेलवाड गर्दै आएको पिडितका आफन्तहरु बताउछन ।

नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालय हुलाक सेवा विभाग अतिरिक्त हुलाक कार्यालय बाँकेमा मिति २०७८ फागुन १० गते थारुले दर्ता गराएको आर डि ७८४०३३४३४ एनपिको पत्र प्रापकको रुपमा रहेको गणेश मावि ढकेरीले बुझ्न नमानेको तथ्य समेत बाहिरिएपछि यतिबेला गणेश माविमा भईरहेको राजनैतिक चलखेलको पर्दाफास हुँदै गएको छ । यसरी सम्पर्कमा नै रहेको शिक्षिकलाई अहिलेसम्म सम्पर्क बिहिन भएको भनि आरोप लगाउन मिल्छ ? भनि प्रश्न गर्दा गणेश मावि ढकेरीका प्राध्यानाध्यापक खडानन्द डाँगि र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरी प्रसाद रेग्मीले उक्त कार्य आफ्नो पालामा नभएको र पहिले अरुले गल्ती गरेको कुराहरुको जिम्मा आफुहरुले नलिने जिकिर गरेका छन् ।

बिरामी हुँदा पनी पटक पटक भौतिक रुपमा साथै हुलाक मार्फत पत्र पठाएर असाधारण विदा माग्दा समेत बिदा नदिएको पुष्पा थारुको भनाई छ । शिक्षा तथा सामाजिक विकास निर्देशनालय देउखुरी दाङको २०८१ जेठ ८ गतेको चलानि नम्वर ४१२ को पत्रानुसार प्रावि तह तृतिय श्रेणीका शिक्षक थारूलाई हाजिर गराउने व्यवस्थाका लागि शिक्षा निमावली २०५९ अनुसार पाउने विरामी बिदा नियमानुसार स्वीकृत गरी बिरामी बिदाबाट अपुग बिदा असाधारण बिदाबाट मिलान गरी स्विकृतको लागी विद्यालय ब्यवस्थापन समितिको निर्णय सिफारिस गरी शिक्षा विकास तथा समन्वय इकाइ बाँकेमा पठाउन र पुष्पा कुमारी थारुलाई विद्यालयमा हाजिर गराई पठन पाठनमा लगाउनकालागि निर्देश गर्दा पनी गणेश मावि ढकेरी प्रशासन र विद्यालय ब्यवस्थापन समितिले पत्रको ब्यहोरालाई अटेर गर्दै उनलाई शिक्षा विकास समन्वयले पठाएको पत्रले कानुनी प्रक्रिया पुरा नगरेको भनि लामो समय देखी हाजिरीमा रोक लगाउँदै आएको देखिएकाे छ ।

शिक्षिका थारुलाई लाग्दै आएको बहुविवाहको मुद्धामा २०८० असोज २२ गते बाँके जिल्ला अदालतबाट सफाई पाईसकेको र जिल्ला सरकारी वकील कार्यालय बाँके महान्यायाधिवक्ताको कार्यालयको मिति २०८० चैत्र २५ गतेको चलानी न १७९१ पत्रबाट उक्त फैसला उपर पुनरावेदन नगर्ने मस्यौदा सहित निर्णय निकासा भई जानकारी प्राप्त भएको हुँदा उक्त मुद्धामा पुष्पा कुमारी थारूको हकमा जिल्ला सरकारी वकील कार्यालयले समेत अन्तिम टुँगो लागिसकेको सुचना समेत हामिलाई प्राप्त भएको छ ।

यसरी अदालती प्रक्रियाबाट टुँगो लागिसकेको कुरालाई विद्यालय ब्यवस्थापन समितिको बैठकमा पटक पटक अनैतिक सम्बन्ध भनि निर्णयमा उल्लेख गरेकाले गणेश मावि ब्यवस्थापन समितिले सम्मानित अदालतको समेत अपमान गरेको शिक्षिका थारुको ठहर छ । नैतिक तथा कानुनी रुपमा समेत प्रश्न गर्ने विद्यालयलाई राजनैतिक क्रिडा स्थल बनाउने ब्यबस्थापन समिति अध्यक्ष र प्रअले जवाफदेहिता र जिम्मेवारीतालाई समेत दुरुपयोग थारूले जिकिर गरीन ।

शिक्षिका थारुको हकमा विद्यालय व्यवस्थापन समितिले गरेको सिफारिसका सम्बन्धमा शिक्षा नियमावलीको नियम २५ को १३३ बमोजिम शिक्षा विकाश तथा समन्वय इकाईलाई सिफारिस गरी पठाएकोमा शिक्षा नियमावली, २०५९ को नियम १३६ को १३८, १४०, १४३ बमोजिम कानूनी कारवाही अनुसन्धानमा रही विचाराधिन रहेको भन्ने शिक्षा विकाश तथा समन्वय इकाई बाँकेले उच्च अदालत तुलसीपुर नेपालगन्जलाई लिखित जवाफ पेश गरेको हुँदा निर्णय हुन बाँकी रहेको र कारबाही सम्बन्धी विषय बिचाराधिन रहेको अवस्थामा माग गरे बमोजिम उत्प्रेषण तथा परमादेशको आदेश जारी हुनुपर्ने अवस्थाको विद्यमानता नदेखिएको भन्दै उच्च अदालत तुलसीपुर नेपालगन्जमा परेको निवेदन खारेज नै गरिदिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका इकाइ प्रमुख राम सुरेश यादवले मिति २०८१ असार ६ गते पुष्पा कुमारी थारुले शिक्षा नियमावली २०५९ अनुसार पाउने बिरामी बिदा नियमानुसार स्वीकृत गरी बिरामीबाट अपुग बिदा असाधारण बिदाबाट मिलान गरी विद्यालयमा हाजिर गराई पठन पठानमा लगाउनकालागि निर्देश गर्दा समेत विद्यालय ब्यवस्थापन समितिले तालुक कार्यालयको आदेश पनी नमानेर अटेर गरीरहेकाे बताएका छन । शिक्षा विकास तथा समन्वय इकाइ बाँकेले हाजिर गराउने सम्बन्धमा आवश्यक समन्वय र सहयोग गरीदिनकालागि राप्तीसोनारी गाउँपालिका बाँकेलाई अनुरोध गरेको भएपनी गाउँपालिकाले पनी आवश्यक सहयोग नगरेको शिक्षिका थारू बताउछिन ।

कोरोनाको समयमा आफ्नो स्वास्थ्यमा गम्भिर समस्या देखा परेकाले २०७८ फागुन १ बाट विद्यालयमा नियमित उपस्थित हुन असमर्थ भएकाे, सो कुराको हुलाक मार्फत लिखित निवेदन पठाएको र फोन मार्फत पनी विद्यालयको प्रधानाध्यापक र ब्यवस्थापन समितिका अध्यक्ष समेतलाई उपचारको निमित्त भारतको लखनउ गएको जानकारी गराएको थारूले बताएकी छिन । हुलाक मार्फत २ पटकसम्म असाधारण बिदा मागेर पत्र पठाउँदा समेत विद्यालय ब्यवस्थापन समितिले उक्त पत्र बुझ्न नमानी असाधारण बिदा स्विकृत नगरी दिएको र अहिले आएर आफु पटक पटक सम्पर्कमा आउँदा समेत लामो समयसम्म सम्पर्क विहिन भएको भनि विद्यालय ब्यवस्थापन समितिले कानुनी प्रक्रिया नपुगेको भन्दै हाजिर हुनबाट बञ्चित गराएको उनि बताउँछिन ।

विद्यालयको विद्यालय व्यवस्थापन समितिको २०८१ भदाै १६ गतेका दिन बसेको बैठकको निर्णयले शिक्षिका पुष्पा कुमारी थारु मिति २०७८ फागुन १ गते देखि विद्यालयमा बिना जानकारी अनुपस्थित भएको र विद्यालय मार्फत विभिन्न समयमा पत्राचार तथा स्थानिय पत्रपत्रिका मार्फत विद्यालयको सम्पर्कमा आउन जानकारी गरिएको भएता पनि हालसम्म सम्पर्कमा नआइ मिति २०८१ असार ३० गते विद्यालयमा उपस्थित भई शिक्षा विकास तथा समन्वय इकाइको पत्रादेस अनुसार हाजिरी गराइ कामकाजमा लगाइ पाँउ भनि निवेदन पेश गरेको हुँदा शिक्षा नियमावली २०५९ को व्यवस्था अनुसार निज शिक्षकको असाधारण विदा स्विकृतको लागी सिफारिस गर्नुपर्ने व्यवस्थाको लागी बिदा बस्नुभन्दा अगाडी सम्वन्धित शिक्षकले विद्यालयमा निवेदन दिई विद्यालय व्यवस्थापन समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय इकाईबाट बिदा स्विकृत गराउनुपर्ने व्यवस्था रहेकोले हाल पछिल्लो समयावधिमा असाधारण बिदाको निर्णय गर्नु नियम विपरित हुने भएको भन्दै हाजिरी लगाइ पठन पाठन कार्यमा लगाउन नसक्ने बताएको छ ।

विद्यालय ब्यवस्थापन समितिले पुष्पा कुमारी थारूलाई हालसम्म सम्पर्कमा नआएको बताएपनी अतिरित्त हुलाक कार्यालय बाँके मार्फत २ पटकसम्म पठाएको पत्र गणेश मावि ढकेरीले बुझ्न नमानेको भनि मिति २०८१ जेठ २९ गते शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र पठाएको पाईएको छ, जसले गर्दा विद्यालय ब्यवस्थापन समितिले पनी अहिलेसम्म सम्पर्क हुन नसकेको भनि झुटको बोल्ने गरेको प्रष्ट देखिन्छ।

पिडित थारूका अनुसार आफुलाई विद्यालय हाता भित्र प्रवेशसम्म गर्न नदिएको भन्दै आफ्नो सट्टामा आफु अनुकुलको मान्छे राख्न राजनैतिक चलखेल गरेको बताएकी छिन ।

पिडितका आफन्तका अनुसार नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष ऋषि शर्माले गाँउपालिका र विद्यालयमा भाँडभैलो गराउदै हाजिर नगराउन दवाव दिएपछि विद्यालय ब्यबस्थापन समिति र प्राधानाध्यापकले उनकै प्लान र रोडम्याप बमोजिम हाजिर गर्न नदिएको आरोप लगाएका छन । सरकारले लामो समय विद्यालयमा हाजिर नभएका र द्धन्द्धकालमा भुमिगत भएका शिक्षकहरुलाई समेत हाजिर गराई निरन्तरता दिईरहेको बेला गणेश मावि ढकेरी भने राजनैतिक गिजलोमा फस्दै प्रतिशोधपुर्ण तरिकाले निज थारूलाई हाजिर गर्नबाट बञ्चित गराएको पाईएको छ ।

  • २२ भाद्र २०८१, शनिबार १२:२६ प्रकाशित
  • Nabintech