२६ बैशाख २०८१, बुधबार
‘ब्यवस्थित विकासकालागि सामुहिक प्रयास आवश्यक’
  • काँचुली खबर

कोहलपुरलाई नेपालकै व्यवस्थित शहरका रुपमा विकास गरिनुपर्ने बताईएको छ । कोहलपुरलाई नेपालकै उच्चतम नमुनायोग्य शहरको रुपमा विकास गर्न अभियान संचालन गरिनुपर्ने बिहिबार कोहलपुरमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले बताएका छन ।
कोहलपुर उद्योग वाणिज्य संघद्वारा आयोजित कोहलपुरको विकास र व्यवस्थापन विषयमा बृहत अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले कोहलपुरलाई आधुनिक, नमूना र व्यवस्थित शहरका रुपमा विकास गर्नका लागि सबैको सामुहिक प्रयास आवश्यक रहने बताए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतले सम्पत्ति कर यो आर्थिक वर्षदेखि अनिवार्य रुपमा लिनु पर्ने संवैधानिक व्यवस्था अनुसार नै लिन लागेको स्पष्ट पारे । सम्पत्ति कर जग्जा र जग्गामा बनेका सबै प्रकारका संरचनाहरुको एकिकृत कर हो भन्दै रावतले भौतिक
संरचनाहरु नबनेको जग्गा मात्र छ भने त्यसको भूमिकर लाग्ने बताए । कोहलपुरलाई कस्तो बनाउने भन्ने कुनै रोडम्याप नगरपालिकाले बनाएको छ कि छैन भन्ने सहभागीहरुको प्रश्नको जवाफ दिदै प्रमुख रावतले भने, ‘कोहलपुर नगरपालिकाको एकिकृत शहरी विकास सम्बन्धी पाँच, दश र पन्ध्र वर्षे विकास योजना बनिरहेको र शहरी विकास मन्त्रालयको
शहरी विकास विभागले पहिलो डिपिआर तयार गरी एक चरणको छलफल समेत सम्पन्न भईसकेको छ ।”


कोहलपुर नगरपालिकाकी उप-प्रमुख सन्जु कुमारी थारुलेले कर तथा राजश्वका सम्बन्धी विषयमा प्रष्ट्याएकी थिइन् । त्यस्तै सडक, खानेपानी, विद्युत, वाणिज्य संघ, इलाका प्रशासन, ट्राफिक प्रहरी, कोहलपुर नगरविकास समितिका प्रमुख तथा प्रतिनिधिले आ-आफ्ना कार्यालयको क्षेत्राधिकार भित्रका विषयमा उठेका प्रश्नहरुका जवाफ दिएका थिए ।
कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीको सभापतित्वमा संचालन गरिएको कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघले कोहलपुरको विकास र व्यवस्थापनका लागि यस क्षेत्रमा रहेका स्थानिय निकाय, सरकारी कार्यालय, विभिन्न संघ संस्था बिच सहकार्य गर्नका लागि २३ बुँदे कार्य पत्र प्रस्तुत गरेको थियो ।
कार्यपत्रमा सडक बक्ति बाल्ने, फोहर मैला व्यवस्थापन गर्ने र कोहलपुरको विकासका लागि साँझा धारण निर्माण गर्नुपर्ने, सडकको प्रयोग र व्यवस्थापनमा ध्यान दिने कुराहरु उल्लेख गरिएको छ । त्यस्तै कोहलपुर क्षेत्रमा सडक दुर्घटनाका घटनाहरु न्यूनिकरण गर्ने, कोहलपुर नगर भित्र साना-ठुला उद्योगहरु सञ्चालनकालागि दर्ता प्रकृया, बिजुलीको आपूर्ति, कच्चा पदार्थको उपलब्धता लगायतका विषयहरु समेत समेटिएको छ ।

  • ११ श्रावण २०७५, शुक्रबार १४:१४ प्रकाशित
  • Nabintech