८ बैशाख २०८१, शनिबार
इशाका फुटबल प्रतियोगिताका सुरु
  • काँचुली खबर

खजुरा क्षेत्र सस्थागत बिद्यालय संगठन (इशाका) को आयोजनामा बिहिबारदेखि २ दिने मैत्रीपुर्ण फुटबल प्रतियोगिता सुरु भएको छ । खजुराको सितापुर स्थित शुक्र माबिको खेलमैदान बिहिबारदेखि संचालन भएको प्रतियोगिताको खजुरा गाँउपालिका-२ का वडाध्यक्ष देविलाल खनालले उद्घाटन गरेका छन ।
खजुरा गाउँ पालिकामा रहेका निजि बिद्यालयको छाता संगठन का रूपमा क्रियासिल संस्था इशाकाले शिक्षक, कर्मचारी तथा लगानीकर्ताहरु बिच आपसी सद्भाव वृद्धि गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरेको इशाका अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत बिहिबार भएको उद्घाटन खेलमा बाँके गोल्डेन स्कुल विजयी भएको छ । बाँके गोल्डेन र अरुणोदय मा.वि. बिच भएको खेलमा १ का विरुद्ध ४ गोलको नतिजा निकाल्दै बाँके गोल्डेनले जित हात पारेको हो ।


त्यसैगरी बिहिबार नै सम्पन्न दोस्रो खेलमा भुपु शैनिक स्कुलले जेनिथ स्कुललाई पराजीत गर्न सफल भएको थियो । निर्धारित समयसम्म दुबै टिमका खेलाडीहरुले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा ४-३ को अन्तरले भुपु शैनिक स्कुलले जेनिथ स्कुललाई पराजित गर्न सफल भएको थियो । त्यसैगरी दिपक बोर्डिङ स्कुलले धुर्बतारा स्कुललाई २ गोल अन्तरले पराजित गर्दा गुराँस स्कुललाई इन्टिग्रेटेड स्कुलले १ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा आप्mनो स्थान सुरक्षित गर्न सफल भएको थियो ।
८ विद्यालयको सहभागीता रहेको उक्त प्रतियोगिता अन्तर्गत भोली भुपु सैनिक र बाके गोल्डेन बिच पहिलो खेल हुनेछ भने इन्टिग्रेटेड र दिपक स्कुल बिच प्रतिस्प्रर्धा हुने कार्यक्रम संयोजक डिबि तमाङ्गले जानकारी दिए ।

  • १० श्रावण २०७५, बिहीबार २०:४९ प्रकाशित
  • Nabintech