शिक्षण अस्पताल कोहलपुरमा विशिष्टिकृत दन्त सेवा सुरु
  • काँचुली खबर

४ साउन, कोहलपुर । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा डेन्टल अस्पताल संचालनमा आएको छ । बिहिबार एक समारोहका बिच काठमाण्डौं विश्वविद्यालयका उप-कुलपति प्रा.डा. भोला थापाले डेन्टल अस्पतालको उद्घाटन गरेका छन ।

उद्घाटन कार्यक्रममा बोल्दै उपकुलपती थापाले पछिल्लो समय चिकित्सा शिक्षाले नेपालमा फड्को मार्दै गएको बताए । नेपालमा चिकित्सा शिक्षाले ठुलो भुमिका खेलेको उल्लेख गर्दै थापाले नेपालगन्ज मेडिकल कलेजले विशिष्टिकृत सेवा बिस्तार गर्ने क्रममा डेन्टल अस्पताल संचालनमा ल्याएको भन्दै खुसी ब्यक्त गरे ।

कुनै समय गुणस्तरीय शिक्षा पाउन अन्य देशको भर पर्नुपर्ने बाध्यता अहिले अन्त्य भएको थापाले जिकिर गरे । शिक्षण अस्पताल कोहलपुरले पश्चिम क्षेत्रको स्वास्थ र शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको जिकिर गर्दै उपकुलपति थापाले अस्पतालको अझैं पूर्ण रुपमा सदुपयोग गर्न नसकिएको भन्दै दुख समेत ब्यक्त गरे ।

काठमाण्डौं विश्वविद्यालयको महत्वपूर्ण अंगको रुपमा रहेको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरको ईतिहास गर्व गर्न लायक रहेको थापाको भनाई थियो । उनले अस्पतालमा थप विशिष्टिकृत सेवा संचालनकालागी खेलुपर्ने भुमिका खेल्न आफु सधैं तयार रहेको उल्लेख गरे ।

काठमाण्डौं विश्वविद्यालयले गुणस्तरीय शिक्षण विधिमा विशेष ध्यान दिदैं आएको उल्लेख गर्दै थापाले यस अर्थमा आफुलाई उप कुलपति हुनुमा गर्व महशुस हुने गरेको समेत बताए ।

नेपालमा चिकित्सा शिक्षा नभईदिएको भए भुकम्प र कोरोनाकालमा नेपालीहरुले अकल्पनीय क्षती ब्यहोर्नुपर्ने अवस्थामा नेपाली डक्टर तथा स्वास्थ्य संस्थाहरुले महत्वपूर्ण भुमिका खेलेको भन्दै थापाले नेपालमा चिकित्सा शिक्षाले ठुलो भुमिका खेलेको जिकिर गरे । यद्यपी नेपालको उच्च शिक्षामा अझै कालो बादल मडारिरहेको थापाको भनाई थियो ।

कार्यक्रममा बोल्दै काठमाडौं विश्वविद्यालयका डिन डा. मनोज हुमागाँईले गुणस्तरीय सेवा प्रवाहमा सचेत हुन आग्रह गरे । देशभर १४ वटा डेण्टल कलेज स्थापना भईसक्दा समेत पश्चिम नेपालमा एउटा पनि डेन्टल हस्पिटल नहुनु दु:खद कुरा भएको उल्लेख गर्दै हुमागाँईले भने “कोहलपुरमा विशिष्टिकृत दन्त अस्पताल स्थापना हुनु आफैमा गौरवको कुरा हो ।”

स्वास्थ सेवा मात्र नभई विशेषज्ञ डाक्टरहरू पनि कोहलपुरमै उत्पादन गरिरहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले नयाँ प्रविधिको सही सदुपयोग गर्दै गुणस्तर स्वास्थ शिक्षा प्रदान गर्न आवश्यक रहेको हुमागाँईले बताए ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरका अध्यक्ष खुमप्रसाद अर्यालले अबको एक वर्षभित्र कोहलपुरमा क्यान्सर अस्पताल समेत सञ्चालन गर्ने तयारी भईरहेको जानकारी दिए । नेपालगन्ज मेडिकल कलेज नाफामुखी मात्रै नभइ सेवामुखी रहेको जिकिर गर्दै अर्यालले आगामी भदौ महिनादेखि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मुटु रोग सम्बन्धी विशिष्ट सेवा सुचारू गरिने समेत बताए ।

अस्पताल संचालनका दौरान बिभिन्न समयमा अनेकौ समस्या झेल्नुपरेको जिकिर गर्दै अर्यालले अस्पताल तथा चिकित्सवहरुमाथी बाहिरी रुपमा हुने आक्रमणलाई निस्तेज पार्न यहाँका स्थानियहरुले ढालको भुमिका निर्वाह गर्नुपर्ने बताए । कतिपय अवस्थामा बिरामीको उपचार गर्न चिकित्सकहरु डराउनुपर्ने अवस्था सृजना हुने गरेको तर्फ ईगिंत गर्दै अध्यक्ष अर्यालले सुरक्षित र निर्धक्क भएर बिरामीको उपचार गर्ने वातावरण तयार गर्नुपर्ने दायीत्व नागरिक समाज र राजनीतिककर्मिहरुको भएको जिकिर समेत गरे ।

अस्पतालको सेवा बिस्तार र उत्कृष्ट नतिजाकालागी आफुहरु लागिपरेको उनको भनाई थियो ।

अस्पतालका निर्देशक सुरेश कुमार कनोडियाले कोहलपुर शिक्षण अस्पताललाई पूर्णरुपमा नेपालगन्ज मेडिकल कलेजको रुपमा सञ्चालन गर्दै यस क्षेत्रमा स्वास्थ्य उपचारको नयाँ नयाँ उपकरणहरू थप गरी विशेषज्ञ सेवा दिने गरी अगाडि बढेको बताए । यही साउन १ गतेदेखि कोहलपुर अस्पतालमा बन्द भएको स्वास्थ्य बीमा कार्यक्रम पनि सुरु गरिएको बताउदै रानाले बिहिबारदेखि अस्पतालमा दन्तरोगको परिक्षण सुरु गरीएको बताए ।

विगत २७ वर्षदेखि कोहलपुरमा मेडिकल कलेजले स्वास्थ र शिक्षामा विशेष योगदान पुर्याउदै आएको उनको भनाई थियो ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी, नेपालगन्ज उपमहानगरपालीकाका मेयर प्रशान्त विष्ट, अस्पतालका बोर्ड सदस्य, प्रोफेसर, डक्टर, बिभिन्न राजनितिक दलका प्रतिनिधि, समाजसेवी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

  • ४ श्रावण २०८१, शुक्रबार १८:३३ प्रकाशित
  • Nabintech