१४ बैशाख २०८१, शुक्रबार
राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनद्धारा ज्ञापन-पत्र हस्तान्तरण
  • काँचुली खबर

राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन बाँकेले प्रमुख जिल्ला अधीकारी मार्फत ५ न. प्रदेस सरकारका मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनका केन्द्रिय सदस्य कपिल शाहको संयोजकत्वको टोलीले आज ११ बजे तिर जिल्ला प्रशासन पुगी ज्ञापन पत्र बुझाएको हो ।

संगठनले मुलुकमा बढ्दैगएको महंगी, भष्ट्राचार, अनियमतिताको अन्त्य गरी सर्बसाधारण जनताको दैनिक जिवनयापनमा सहजता ल्याउन सरकारसंग ज्ञापन पत्र मार्फत माग गरेको छ । ज्ञापन पत्रमा डा. गोबिन्द के.सी. ले उठाएका सकारात्मक मागहरुको समर्थनमा सरकारको ध्यान आकर्षण समेत गरिएको छ । सरकारले बिभिन्न बाहानामा अनाबश्यक कर असुली गर्ने मासाय राखी सर्बसाधारण लाई महंगीको मारमा धकेलेको संगठनका केन्द्रिय सदस्य कपिल शाहले  बताए ।

  • १० श्रावण २०७५, बिहीबार १५:३२ प्रकाशित
  • Nabintech