नेपालगन्जको बजेट एक अर्ब ५० करोड
  • काँचुली खबर

१० असार, नजेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्षकालागी एक अर्ब ५० करोड ३८ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । सोमबार सुरु भएको नेपालगन्ज उपमहानगरको नगरसभाको १५औं अधिवेसनमा नगरसभाका उपाध्यक्ष तथा उपमहानगरका उपप्रमुख कमरुद्दीन राईले आर्थिक वर्ष २०८१/०८२ का लागि एक अर्ब ५० करोड ३८ लाख ८६ हजार एक रुपियाँको अनुमानित आयव्यय प्रस्तुत गरेका छन । यो चालु आर्थिक वर्षभन्दा ३५ करोडले कम हो ।

गत तीन आर्थिक वर्षमा लगातार नेपालगन्जको बजेट घट्दै गएको देखिएको छ । आर्थिक वर्ष २०७९/०८० मा नेपालगन्जको बजेट दुई अर्ब चार करोड ९८ लाख पारित गरिएको थियो भने आर्थिक वर्ष २०८०/०८१ मा एक अर्ब ८५ करोड ३४ लाख पारित गरिएको थियो ।

उपमहानगरलाई सङ्घीय सरकारबाट वित्तीय समानीकरण अन्तर्गत २७ करोड ९५ लाख, राजस्व बाँडफाँटबाट १९ करोड ११ लाख ३३ हजार, समपूरक अनुदान एक करोड प्राप्त हुने जनाइएको छ ।

यसैगरी, विशेष अनुदान एक करोड ५० लाख, सशर्त अनुदान ६१ करोड २४ लाख ७७ हजार रुपियाँ रहने जनाइएको छ । प्रदेश सरकारबाट वित्तीय समानीकरण दुई करोड ५ लाख २१ हजार, राजस्व बाँडफाँट एक करोड ४३ लाख २६ हजार, समपूरक अनुदान एक करोड ४० लाख र विशेष अनुदान एक करोड ५० लाख रुपियाँ प्राप्त हुने उपप्रमुख राईले बताए ।

यसैगरी, घरजग्गा रजिस्ट्रेसनबाट ११ करोड, आन्तरिक स्रोतबाट २० करोड ११ लाख, वन रोयल्टीबाट तीन लाख ६६ हजार र बैङ्क मौज्दात एक करोड ५० लाख आन्तरिक आम्दानी रहने अनुमान गरिएको छ ।

यसअघि सो १५ औं नगरसभामा नेपालगन्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले आर्थिक वर्ष २०८१/०८२ को निति तथा कार्यक्रम प्रस्तुत गरे ।

कार्यक्रममा नगरसभाका सदस्य तथा वडा अध्यक्षहरु गोपाल पुन, कौशल कुमार धोबी, दिपक बर्मा, राज कुमार साहु, प्रमोद रिजाल र उपमहानगरका कार्यकारी प्रमुख ओम बहादुर खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

  • १० असार २०८१, सोमबार १८:१७ प्रकाशित
  • Nabintech