बाँके प्रहरीद्धारा चोरीको गाडी बरामद
  • काँचुली खबर

३ असार, नेपालगन्ज । बाँके प्रहरीले नम्बरप्लेट नभएको चोरीको गाडी बरामद गरेको जनाएको छ । नेपालगंज उप-महानगरपालिका वडा नं. २० बाट उक्त गाडी बरामद गरेको प्रहरीको भनाई छ।

भन्सार छलि चोरी पैठारी गरी ल्याएको अन्दाजी मुल्य १२,००,००० बराबरको SUZUKI MARUTI कम्पनीको भ्यान बरामद गरिएको हो ।

उक्त गाडी आवश्यक कारवाहीको लागी नेपालगंज भन्सार कार्यालय बाँके पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

  • ३ असार २०८१, सोमबार १५:३८ प्रकाशित
  • Nabintech