८ बैशाख २०८१, शनिबार
बिरामीलाई २ महिनाको तलव दिएर वडा अध्यक्षले मनाए जन्मदिन
  • काँचुली खबर

नेपालगन्ज / बांकेको खजुरा गाउँपालिका वडा नं १ का अध्यक्ष सुमन मल्लले आफ्नो जन्मदिनको उदाहरणिय तरिकाले मनाएका छन् । सामान्यतया अन्य ब्यक्तिले साथीभाईको जमघट र खानपिन गरेर जन्मदिन मनाउने गर्छन । मल्लले भने उपचार नपाएर अस्पतालको बेडमा छटपटिइरहेको एक बिरामीलाई आर्थिक सहयोग गरेर आफ्नो जन्मदिन मनाएका छन् ।

स्याङ्गजा गल्याङ्ग नगरपालिकाका नेत्रप्रसाद भुषालका ११ वर्षीय छोरा धर्मराज भुषालको उपचार सहयोगका लागि उनले २ महिनाको तलव सहयोग दिएका हुन् । अहिले कोहलपुरमा डेरा गरी बस्ने नेत्रप्रसाद आफै गम्भिर रोगले थला परेका छन् । पेटको ठूलो आन्द्रामा घाउ भएका कारण उनको दिसा रोकिदैन । 

 

 

दिनमा १० पटक सम्म डायपर लगाउनुपर्छ । एक वर्ष अघि सवारी दुर्घटनामा परेर घाइते छन् । शरिरमा स्टील राखेको छ । २०६४ साल देखि मानसिक रोगको औषधि समेत सेवन गर्दै आएका छन् । स्याङ्गजामा भएको घर भुकम्पले ढलाएपछि बांके आएका नेत्र प्रसादको आर्थिक अवस्था निकै दयनिय छ । उनकै उपचारका लागि लागेको १५ लाख रुपैया ऋण तिर्न सकेका छैनन् । घाइते भएका कारण नेपालगन्ज मेडिकल कलेजमा गर्दै आएको सानो काम पनि खोसियो ।

६ जनाको परिवारको पेट पाल्न पनि समस्या भएको अवस्थामा ११ वर्षीय छोरा धर्मराजको करेन्ट लागेर हात र खुट्टा जलेको छ । काठमाडौंमा उपचार गराइरहेका धर्मराजको दाँया हात काटिएको छ । उपचार खर्च र औषधिको बिल समेत तिर्न नसक्ने अवस्थाका उनीहरुलाई पीडा माथि पीडा थपिएको छ । यस्तो अवस्थाका विपन्न परिवारको उपचारका लागि सहयोग गरेका मल्ललाई उनका आफन्त र चिनेजानेकाहरुले धन्यवाद दिएका छन् ।

  • १० श्रावण २०७५, बिहीबार ०८:४० प्रकाशित
  • Nabintech