६ बैशाख २०८१, बिहीबार
रसुवामा भीषण पहिरो
  • काँचुली खबर

रसुवा – रसुवा जिल्लाको गोसाइकुण्ड गाँउपालिका–२ टिमुरेमा गएराति भीषण पहिरो गएको छ । पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएको रसुवा जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोष तामाङले जानकारी दिए ।

नेपाल चीन सीमाना नजिक टिमुरेमा मध्यराति १२ बजे पूर्वी मोहडाबाट खसेको भीषण पहिरोले तीन घर पुरेको तामाङले जानकारी दिए । तामाङका अनुसार अहिले उक्त क्षेत्रमा उद्वार कार्य जारी रहेको छ । स्थानीयवासी, प्रहरीले उद्वार गरिरहेका छन् । पहिरोबाट १२ जनाको उद्वार गरिएको छ।  सीमाना नजिकै पहिरो आएकाले पाँचवटा ट्रक, कन्टेनरसमेत पुरिएको प्रहरी प्रमुख तामाङले बताए ।

  • १० श्रावण २०७५, बिहीबार ०९:३४ प्रकाशित
  • Nabintech