३० बैशाख २०८१, आईतवार
ज्यान मुद्दाका फरार प्रतिवादी १३ वर्ष पछी पक्राउ
  • काँचुली खबर

१६ बैशाख, प्युठान । जिल्ला प्रहरी कार्यालय प्युठानले १३ वर्षपछि ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । बाँके जिल्ला अदालतले १० वर्ष कैद सजाय तोकेको जिवा ढकाललाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको हो ।

१७ बैशाख २०६८ मा बाँके जिल्ला अदालतले आवेश प्रेरित ज्यान मुद्दामा ढकाललाई १० वर्ष कैद सजाय तोकेको थियो ।

साबिक तोरवाङ ५ हाल झिमरुक गाउँपालिका वडा नं. ६ बस्ने ढकालले ९ वर्ष १० महिना २७ दिन कैद भुक्तान गर्न बाँकी रहेकाले उनलाई पक्राउ गरी प्यूठान जिल्ला अदालतमा पेश गरीएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

लगत्तै अदालतले कैद भुक्तानकालागी ढकाललाई कारागार कार्यालय खलंगा प्यूठानमा पठाएको प्रहरीले जनाएको छ ।

  • १६ बैशाख २०८१, आईतवार १५:५३ प्रकाशित
  • Nabintech