२७ बैशाख २०८१, बिहीबार
सिक्टा नहरमा डुबेका बालकको पहिचान खुल्यो
  • काँचुली खबर

१५ बैशाख, कोहलपुर । कोहलपुर नगरपालिका ६ रझेनास्थित सिक्टा नहरमा डुबेर मृत्यु भएका बालकको पहिचान खुलेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालीका वडा नं. ५ का नोबिक बुढाथोकीको नहरमा डुबेर मृत्यु भएको हो ।

शनिबार बिहान ८ बजेतिर नहरमा पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।

पौडी खेल्न भनी नहरमा दुई जनाले हाम फालेको र उनीहरू नहरमा डुब्न थालेको थाहा पाएपछि स्थानीयले एक बालकको उद्धार गरेका थिए । तर बुढाथोकी भने नहरमा बेपत्ता भएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले नहरबाट मृत अवस्थामा बालकको शव फेला परेको थियो । मृतक बालकका अभिभावक सम्पर्कमा आएपछि उनको पहिचान खुलेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

सिक्टाकाे नहरमा डुबेर बालककाे मृत्यु

  • १५ बैशाख २०८१, शनिबार १७:११ प्रकाशित
  • Nabintech