१५ चैत्र २०८०, बिहीबार
बुटवल–पाल्पा सडक एकतर्फी खुल्यो
  • काँचुली खबर

बुटवल – पहिराले अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ ।  पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्सनजिकै पहिरो खसेपछि राति ११ बजेदेखि सडक अवरुद्ध भएकोमा डोजरले पहिरो पन्छाएपछि बिहान साढे ६ बजेदेखि एकतर्फी सुचारु भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ । रातभर रोकिएका सवारी साधनहरु अहिले गन्तव्यतर्फ अघि बढेका छन् ।

माथिल्लो सिद्धबाबा मन्दिरनजिकै हेडबक्स भन्ने स्थानमा पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

  • ९ श्रावण २०७५, बुधबार ११:५१ प्रकाशित
  • Nabintech