२२ बैशाख २०८१, शनिबार
साइबर ब्यूरोले तनाव दिएको भन्दै ब्यूरोको गेटमा ‘विष सेवन’
  • काँचुली खबर

१३ बैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्धमा कमेन्ट गरेकै आधारमा टर्चर पाएको भन्दै एक युवकले नेपाल प्रहरीको साइबर ब्यूरोकै ढोकामा ‘औषधी’ सेवन गरेका छन् ।

जाजरकोटका गणेशमान सिंह नामका एक युवकले आफूले गृहमन्त्री लामिछानेका विरुद्धमा एक फेसबुक पेजमा गरेको कमेन्टकै आधारमा साइबर ब्यूरोले टर्चर दिँदा ब्यूरोकै गेटमा ‘औषधी’ सेवन गरेको भन्दै दिएको अभिव्यक्ति सामाजिक सञ्जालमार्फत् भिडियो सार्वजनिक भएको छ ।

उक्त भिडियोमा आफूले लामिछानेको विरुद्धमा अभिव्यक्ति दिएकै भरमा साइबर ब्यूरोले हजारौं प्रश्न सोधेर ६-७ वर्षसम्म जेल हाल्ने चेतावनी दिँदै सहकारी ठगेको प्रमाण के छ ? गृहमन्त्रीलाई चिन्छस् ? जस्ता प्रश्न सोधेपछि मानसिक यातना दिएपछि बाध्य भएर ‘औषधी’ सेवन गरेको जनाएका छन् ।

सिंहले ‘औषधी’ सेवन गरेपछि तत्कालै वीर अस्पताल लगिएकोमा उनलाई आईसीयूमा राखेर उपचार गराउनुपर्ने भएपछि वीर अस्पतालमा आईसीयू नभएपछि हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यसबारेमा साइबर ब्यूरोले भने सोधपुछका लागि बोलाइएको तर त्यसपछि उनले के गरे भन्ने विषयमा जानकारी नआएको बतायो । साइबर ब्यूरोले भने ती युवकलाई इलामको कुनै एक होटलको बारेमा अनर्गल कुरा लेखेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको जनाएको छ ।

पछिल्लो समय आफ्नो विरोध गर्नेहरुलाई प्रशासन लगाएर कारबाही गराउन गृहमन्त्री लामिछाने लागेको यस भिडियोबाट पुष्टी भएको छ । लामिछानेविरुद्ध सहकारी ठगीका कैयौं आरोप लागिरहेका बेला उनकै निर्देशनमा सामाजिक सञ्जालमा कमेन्ट गर्नेविरुद्ध यस्ता किसिमका मानसिक यातनाका घटनाहरु सार्वजनिक हुनुले आम सर्वसाधारणको वाक स्वतन्त्रतामात्र गृहमन्त्रीले अंकुश लगाउन खोजेको देखिन्छ ।

  • १३ बैशाख २०८१, बिहीबार १६:४१ प्रकाशित
  • Nabintech