२२ बैशाख २०८१, शनिबार
सहकारी केन्द्र नेपाल बाँकेको अध्यक्षमा वली चयन
  • काँचुली खबर

१३ बैशाख, कोहलपुर । सहकारी केन्द्र नेपाल बाँकेको अध्यक्षमा खडक बहादुर वली चयन भएका छन । बिहिबार कोहलपुरमा आयोजना गरीएको सहकारीकर्मीहरुको प्रथम जिल्ला भेलाले वलीको अध्यक्षतामा २३ सदस्यीय कमिटी चयन गरेको हो ।

जसको उपाध्यक्षमा गंगा डाँगी, सचिवमा विष्णु बुढाथोकी, कोषाध्यक्षमा हुम कुमारी थारु र सह-सचिवमा निर्मला परीयार चयन भएका छन ।

त्यसैगरी सदस्यहरुमा लोकेन्द्र खत्री, शर्मीला शर्मा, युवराज गिरी, प्रतिमा कुमारी पराजुली, दल बहादुर चौधरी, नन्दराम जेसी, रूपा पंन्थी, अमृता सुनार, पार्वती बुढा, तिलक राम थारु, चक्र रम्तेल, विरेन्द्र शाही, बिना सुनार, ललिता चौधरी, सविता विक र भक बहादुर गुरुङ चयन भएका छन । अन्य दुई जना सदस्य भने पछि मनोनित गर्ने बताईएको छ ।

सहकारी केन्द्र नेपाल, लुम्बिनी प्रदेश अध्यक्ष हरी प्रसाद चालिसेले प्रदेशमै पहिलो पटक बाँकेमा सहकारी केन्द्र नेपालको शाखा बिस्तार गरीएको बताए । उनले जिल्ला, नगर हुँदै वडास्तरसम्म कमिटी बिस्तार गर्ने अभियान अन्तर्गत पहिलो चरणमा बाँकेमा जिल्ला भेला आयोजना गरीएको जानकारी दिए ।

चालिसेको अध्यक्षतामा आयोजना गरीएको भेलाका प्रमुख अतिथि एवं नेकपा (माओवादी केन्द्र) बाँकेका संयोजक नरेन्द्र पाण्डे (जेम्स) ले सहकारी अभियानलाई सफल बनाउन सबैलाई सहकारीमा आवद्ध गर्नुपर्ने बताए । सहकारी केन्द्र नेपालले हरेक वर्गका नागरीकलाई सहकारी कर्ममा जोड्दै उनिहरुको आर्थिक सम्बृद्धिमा टेवा पुर्याउनेमा विश्वस्त रहेको बताए ।

सहकारी केन्द्र नेपाल माओवादी केन्द्र निकट सहकारीकर्मीहरुको साझा संगठन भएको उल्लेख गर्दै पाण्डेले सहकारीका आधारभुत सिद्धान्तलाई अंगिकार गर्दै नमुनायोग्य काम गर्न आग्रह गरे । उनले जिल्लाका आठ वटै पालीका र वडास्तरमा समेत संगठन बिस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रमा सहकारी केन्द्र नेपाल लुम्बिनी प्रदेश सदस्य राम बहादुर खवास, बिन्दा खरेल, बचत तथा ऋण जिल्ला सहकारी संघ अध्यक्ष बाँकेका प्रेम बहादुर शाहा लगाएतको उपस्थिती रहेको थियो ।

  • १३ बैशाख २०८१, बिहीबार १५:५९ प्रकाशित
  • Nabintech