२३ बैशाख २०८१, आईतवार
ट्याक्टरमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु
  • काँचुली खबर

१३ वैशाख, बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका-४ रानिपुरस्थित सडकमा रोकी राखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ।

भे १ त ४५५६ नम्बरको ट्याक्टरमा भे ११ प ४५४० नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मधुबन नगरपालिका-७ बस्ने ३५ वर्षीय पहाडी थारूको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको कलेज कोहलपुर बाँकेमा उपचार भइरहेको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • १३ बैशाख २०८१, बिहीबार १४:४२ प्रकाशित
  • Nabintech