२२ बैशाख २०८१, शनिबार
पिपरीमा हाइसले ठक्कर दिदा पैदल यात्रुको मृत्यु
  • काँचुली खबर

८ बैशाख, कोहलपुर । कोहलपुर-नेपालगन्ज सडकखण्ड अन्तर्गत पिपरीमा सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । शनिबार बेलुका करीब ६ बजेको समयमा नेपालगंजबाट सुदुर पश्चिम जाँदै गरेको सु.प. प्र. ०२ ००१ ख १२९१ नम्बरको हाइसले स्थानिय पैदल यात्रीलाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाईते भएकी कोहलपुर नगरपालीका वडा नं. ८ की ३३ वर्षिय लालसरी बुढा मगरको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने हाइस र चालक अहिले इलाका प्रहरी कार्यालय कोहलपुरको नियन्त्रण रहेको प्रहरीले जनाएको छ।

  • ८ बैशाख २०८१, शनिबार १९:४० प्रकाशित
  • Nabintech