१२ बैशाख २०८१, बुधबार
बादीको माग : नथिया र ऐलानीबाट आपत्तिजनक शब्द हटाऊ
  • काँचुली खबर

वादि महिलाको विषयमा बनाइएको चलचित्र पण्डित बाजेको लौरि एवं उपन्यासहरु नथिया र ऐलानीमा प्रयोग भएका लान्छनायुक्त विषयवस्तु संशोधनको माग गरिएको छ ।
राष्ट्रिय बादी परिषदले नेपालगञ्जमा पत्रकार सम्मेलन गरि चलचित्र र उपन्यासमा बंग्याएर विषयवस्तु आएको बताइएको हो ।
परिषदका अध्यक्ष केशव नेपालीले बादि समुदायको इतिहाँसमै नभएको कुरालाई चलचित्र र उपन्यासमा देखाएर सिंगो समुदायलाई अपमानित गरिएको बताउनुभयो । सरकारले बन्देज गरेका जाति बिशेष लान्छनायुक्त शब्दहरुको प्रयोग प्रति पनि परिषदले आपत्ति जनाएको छ ।
पछिल्लो समयमा बादी समुदाय सम्मानित पेशा अंगालेर जिवन यापन गरिरहेपनि ति चलचित्र र उपन्यासमा सिंगो बादी महिलालाई पुरानै रुपमा चरितार्थ गरिएकोमा त्यसलाई संशोधन गर्न नेपालीले आग्रह गर्नुभयो । नेपालीले ईतिहासदेखि बादी समुदायका महिलाको पेशा देह ब्यापार नभई त्यो एउटा अवस्था मात्र भएको बताउनुभयो ।

  • ९ श्रावण २०७५, बुधबार ०७:४८ प्रकाशित
  • Nabintech