१९ बैशाख २०८१, बुधबार
मोटरबोट सञ्चालनकालागि बुलबुले ताल सफाई गरीदैं
  • काँचुली खबर

६ बैशाख, सुर्खेत । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले सुर्खेतको विरेन्द्रनगर स्थित बुलबुले तालमा मोटरबोट सेवा विस्तार गर्ने भएको छ ।

तत्कालका लागि एक करोड रुपैयाँ लागतमा कम्पनीले मोटरबोटको व्यवसायिक सञ्चालनको तयारी गरिएको संचालक बि.बि. (बिष्णु) ढकालले जानकारी गराए ।

त्यहाँ घुम्न पुगेका पर्यटकहरूले फालेका सामान तथा जलकुम्भी लगायतका झारले ताल फोहोर बनेको थियो । वर्षौंदेखि मृत अवस्थामा रहेको जलकुम्भी लगायतले ढाकिएको ताललाई अहिले बोटेबोराले आफ्नै लगानीमा सरसफाइ गरिरहेको उनले जानकारी दिए ।

उनका अनुसार तालको सरसफाइ सकिएपछि मोटरबोट सञ्चालन गर्ने तयारी छ ।

कम्पनीले बुलबुले तालमा मोटरबोट संचालन गरे वापत बिरेन्द्रनगर नगरपालिकालाई वार्षिक १३ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए ।

बुलबुले तालमा कम्पनीले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेको ११ सिटे फिस्टेल मोटरबोट सञ्चालन गर्नेछ ।

यसअघि कम्पनीले आँबुखैरेनीको मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशय, नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा संचालन गरीसकेको छ ।

  • ६ बैशाख २०८१, बिहीबार १७:५२ प्रकाशित
  • Nabintech