१८ बैशाख २०८१, मंगलवार
रुकुम जाँदै गरेको बस सल्यानमा दुर्घटना, ४ जनाको अवस्था गम्भीर
  • काँचुली खबर

५ बैशाख, सल्यान । दाङ घोराहीबाट रुकुमकोट जाँदै गरेको रा १ ख २०८५ नम्बरको यात्रुवाहक बस सल्यान बागचौर नगरपालिका वडा नं. २ थारमारे ठिनवाङ खोला पुल नजिकै दुर्घटना भएको छ ।

दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको बताईएको छ ।

घाइते सबैलाई जनप्रिय पोलिक्लिनिक र सहज पोलिक्लिनिक बागचौरमा लगिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

  • ५ बैशाख २०८१, बुधबार १२:४७ प्रकाशित
  • Nabintech