१७ बैशाख २०८१, सोमबार
क्रिप्टो-करेन्सी मार्फत गैरकानूनी कारोबार गर्ने दुई जना पक्राउ
  • काँचुली खबर

४ बैशाख, नेपालगन्ज । नेपालगन्जबाट क्रिप्टो-करेन्सी मार्फत गैरकानूनी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका १८ भाटभटेनि नजिकैको क्षेत्रबाट गैरकानुनी रुपमा क्रिप्टो-करेन्सी मार्फत कारोबार गरीरहेको अवस्थामा दुई जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा नेपालगंज उपमहानगरपालीका २० बस्ने अमृत कुमार वर्मा र जानकी गाँउपालिका १ बस्ने रियाज खाँ रहेका छन । उनिहरुले बिटगेट र बिनान्स मार्फत दैनिक अन्दाजी १ करोडसम्म क्रिप्टो-करेन्सीको अबैध कारोबार गर्दै आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैजनाले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम कसूर गरेको देखिएकाले बाँके जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

  • ४ बैशाख २०८१, मंगलवार १९:०० प्रकाशित
  • Nabintech